आज तपाईंलाई "टिप्पी" हान्ने खुब मन छ | तपाईं ब्लग लिंकमा क्लिक गर्दै घुमी रहनु भएको छ | तर एउटा यस्तो टाँसो आयो कि पहिलो प्याराले नै तपाईंको पुरै मुड खराब बनायो... हेत्तरिका कस्तो पोष्टमा क्लिक गरेछु .... तपाईंलाई थकथकि लाग्छ ... तपाईं टिप्पी त के फुल साईट नि हान्नु हुन्न |
२. बरिष्ट टाँसो
तपाईंलाई कुनै कुनै ब्लगर बिशेषका टाँसो यति बरिष्ठ लाग्छ कि तपाईं हम्मेसी बुझ्नु हुन्न | तपाईंले ध्यान दिएर दुई पटक पढिसक्नु भो | तर तपाईं आफैं लाई शंका छ... बुझें कि बुझिन | त्यत्तिकै प्याच्च कमेन्ट गर्नु नि भएन... होस् बरु अर्को पटक मज्जाले पढेर कमेन्ट लेख्छु | अनि कमेन्ट खुस्कियो |
३. पुराना कमेन्ट
कुनै पोष्टमा तपाईंले देख्नु भो कमेन्टको लाम लागेको छ | तर सब उस्तै "वाह" "अति सुन्दर" "गज्जबको टाँसो" "बबाल" "राम्रो छ" "चमक चमक".... तपाईंलाई कागको बथानमा कागै बन्ने मन छैन... अनि तपाईंलाई कुनै त्यस्तो शब्द नि फुर्दैन जो अरु भन्दा भिन्न होस्.... अनि पोष्ट संग अलि अलि मिल्ने पनि होस्.... तपाईंलाई टिप्पी हान्ने मनै मरेर आउँछ |
४. प्रतिस्पर्धी ब्लगर
तपाईं भ्रममा हुनुहुन्छ कि कुनै ब्लगर संग तपाईंको कडा टक्कर छ | तैपनि आपसी सद्भावको लागि तपाईं टिप्पी हान्ने गर्नु हुन्थ्यो | तर तपाईंको अस्तिको पोष्टमा उसले टिप्पी हानेन | तपाईंले भर्खर पनि कमेन्ट बक्स रिफ्रेस गर्नु भएकै हो | अहँ छाँट काँट छैन ... | त्यो मुलाकोमा तपाईं मात्रै किन कमेन्ट गर्नु ...?
५. कनिस्ठ ब्लगर
तपाईं आफु यति बरिष्ठ हुनुहुन्छ कि चानचुन काम तपाईं गर्दै गर्नु हुन्न | कुनै जुनियर केटोले खतरा टाँसो लेखेको छ | तर तपाईंलाई आफ्नो रिपुटेसनको चिन्ता छ | तपाईं जो सुकैकोमा कमेन्ट गर्ने चानचुने ब्लगर हुँदै होइन | यसमा कमेन्ट गर्नु किन ?
६. पोजिसन
तपाईं अहिले यस्तो पोजिसनमा बसेर कम्प्युटर हेरी राख्नु भएको छ कि ... माउस देखि बाहेक किबोर्ड सिबोर्ड चलाउने तपाईंलाई जाँगरै छैन | अनि त सुद्द पढ्ने र मन मनै बिचार गर्ने मात्र काम हो | कमेन्ट ? ह्या ....
७. आक्रामक टाँसो
कुनै टाँसो यति आक्रामक छ कि ... तपाईं अलिक चाँडो आएर मात्रै नत्र अरु कमेन्टेटरको फाईट पक्का देख्नु हुन्थ्यो | अनि तपाईंमा सुरु मै तलमाथि लेखेर आगोमा हाम्फाल्ने आँट पनि छैन | बरु होस् ... दुई चार दिन अरुको फाईट हेरौंला ... अनि जता तिर अलिक सुरक्षित हुन्छ त्यतै लागौंला |
-----------------------
उहिले एउटा हिन्दी ब्लगमा यस्तै खाले पोष्ट पढेको थिएँ | अहिले जति खोजे नि मर्दा भेटिएन | नत्र त पोष्ट अझ लामो पार्न र श्रोत देखाउन खुराक मिल्थ्यो होला | सरि है |

23 Comments:
हा हा हा दामी पोस्ट गयो है फेरि।
हुन त म अहिले अल्छी मानेर 'माउस मात्रै' चलाउन मिल्ने 'पोजिसन' मै थिएँ, तर दमदार पोस्ट भएकोले पोजिसन बदलेर भएपनि लेखेँ है ।
कमेन्ट गर्दा कमेन्ट बक्स मा के लेखौँ के लेखौँ भयो है, हा हा हा !!!
बब्बाल,दामी, खतरा, झँकास, माथि भन्या जस्तो सबै नै है !
कुरो सोह्रै आना सही हो, अझै थपेर पच्चीसै आना सही मानें है | तपाइंको विश्लेषण अचूक छ ! कहीं नयाँले राम्रो लेख्छन भन्ने तर्क, कहीं अग्रजले हेप्छन भन्ने तर्क, हुनु नै पर्यो सतर्क | मेरो बिचारमा नेपाली ब्लग प्रारम्भिक चरणमै छ र सबैजना बामे सर्दै छौं | सबैले एक अर्कोलाई प्रोत्साहन र प्रबर्धन हुने काम गर्नु जरुरि छ, त्यो भैराखेको पनि छ, तपाइंले लेखेका यदाकदाका परिस्थितिमा बाहेक | हैन र ?
अर्को कमेन्ट : अँ तपाईं किन कमेन्ट गर्नुहुन्न, मलाई पनि थाहा भयो | मेरा दुइ दुइटा पोष्ट तपाईंको कमेन्ट बिना नै हुत्तिन लागिसके, खोइ त कमेन्ट? कुन कारणले नगर्नु भएको हो, मलाई थाहा छ , तर अहिले भन्दिन | अझै हेर्छु, एक दुइ दिन | ल है, एकपटक फेरि मौका दिएको छु |
हा हा हा
सारै चित्त बुझ्ने कुरा गर्नु भो है ।
wow !!,
ल म चहीँ के भन्ने सबै कुरामा परेछु कहीले के त कहीले के ,
पोष्ट गज्जब लाग्यो,
Nice stuff :)
Enjoyed reading it.
ब्लग पढेर आफ्नै दिमाग भित्र मात्र कमेन्ट हान्ने category छैन भन्या :D
-Prajwol-
Hahaha...Very good, ekdum ramro cha- sorry hai feri cliche aayo!
हाहहाहाहाहा फेरि दह्रो दिनु भो है सोल्टीले । तर अनुमान सतप्रतिशत सहि हो है म पनि प्राय: बाट गुज्रिएको छु ।
हा हा हा! मिलन भाइले जान्या' छ क्या कुरा गर्न! क्या सप्पैलाई खाल्डामा हाल्नेगरी दे को यार!
मिलनजीले भक्कुमार गोदेकै हो है यसपाली पनि ।
कमेन्ट नगर्नुपर्ने सबै'थिती' मिचमाच पारेकोले होला, कमेन्ट त यो पोस्टमा ह्वार्रर आएछ ।
चुस्त, मस्त सबैसबै छ पोस्ट !
हा हा हा... निकै रमाइलो। कसैको पोल खुल्न बाँकी रहेनछ।
no comment!
LOL!
मिलन जी ले ...केहि कुरा भने मिलाउन र गर्न भने जान्नु भएको रहेछ !
के गर्ने गर्ने ....लौ जा मैले चाही ...हान्दे ..कमेन्ट ....
यो चाही हो ...मन को कुरा ...
के गर्ने मैले पनि हो मा हो मिलाए .....
अब म के कमेन्ट गरूँ त भनेर सोचिराथेँ, तपाइको पोस्टको १. २. ३. सबैका सबै राम्रै संग पढेँ । तर अरूका कमन्टै पढ्न भ्याइन । हतार हतार कमेन्ट थप्न पुँगे - तपाइका सबै नम्बरहरू सबैका लागी नभए नी मेरा लागी चै उपयुक्त नै लाग्यो ।
त्यही त भन्या सवैलार्इ अाफुले राखेकेा टांसेामा निकै कमेन्ट अावस भन्ने लाग्नु त स्वभाविकै हेा। तर हामी व्लग चलाउने हरू चांही अाफनेामा मात्र कमेन्ट अाएन भनेर चित्त दुखाउंछैा । अाफनेामा अाएन भन्ने सवैले अरूका टांसेा हेरी सकेपछि अनिवार्य कमेन्ट लेखैान । त्यसेा गरे कसेा हेाला ।
वाह गज्ज़ब लाग्यो .. कस्तो ठ्याक्कै मिलेको
तर कहिलेकाही अझ अरु पनि थुप्रै कारणहरु हुन्छन है ।
म चैं यो पोष्टमै पनि नगरुँ कि भन्दैथिएँ मन थाम्नै सकिनँ । 'दनक'को रनाहा थामिएपछि त लेख्नै पर्यो नि ।
मर्ने गरि हाने हो साथीले यसपाली। हा हा। कतै कसै र कुनै न कुनै बेला केही न कही त पक्कै सबैमा लागु हुन्छ है।
हा हा।। रमाईलो
म चाहीं थाकेको छु है अचेल | कम्प्युटर नै कम खोल्छु | अरू कारण त मिलनजीलाई नै थाहा छ धेरै !
Nice Post!!! ha...ha...ha..
लोल (LOL) लोला खायो यो पोष्ट ले !!!
यो तेस्रो कमेन्ट, आज मात्र|
यती धेरै कमेन्ट ट मैले जिन्दगीमा गरेको थिइन |
I still think I don't fall in any of the categories. Would love the 8th category.
Post a Comment