"Do you like Subway sandwich ?" म सँग सबवे नामको स्याण्डबीचको एक टुक्रा बाँकी छ भन्ने थाहा पाएकी खैरेनी बोल्ने बाटो खोज्दै छे |
"Yah, its ok" म सकभर पन्छिने प्रयाश गर्छु |
"I like it. Its really wonderful" ऊ अहिले मेरो गाडीको मुखैमा आएर टुसुक्क बसेकी छे |
"I am very hungry today" ऊ थप्छे |
माया पनि लाग्छ र म सँग अरु उपाय पनि छैन | म पोकै उसलाई थमाई दिन्छु | उसले अहिले मेरो बाटो क्लियर गरेकी छे |
ठुलो शहरमा टेकेका दिन देखि म यस्ता घटना बाटोमा निस्किए पिच्छे भेट्दैछु |
"Can I borrow a Cigrette from you ?" भलाद्मी देखिने टाई लगाएको मानिस हाम्रो अघिल्तिर छ |
चार पाँच जना असल बसिरहेको ठाउँमा अर्को एउटा असल थपिए के बिग्रिन्छ ? बीसको उन्नाईस न हुने हो |
ऊ दंग पर्दै भन्छ "oh..thank you"
लस् एन्जलस नाम गरेको शहर छेउछाउमा अरु झन्डै एकसय वटा शहरहरु छन | तपाईं जुनसुकै शहरको जुनसुकै गल्लिमा जानुस, एक दुई जना तपाईंको पछी हुन्छन नै | यस्तो धनाड्य मुलुक अनि किन यस्ता गरिब जनता ?
"¿Me puedes prestar cincuenta centavos?" मेरै उमेरको देखिने कालेले स्पेनिश भाषामा मलाई केहि सोध्दै छ | बेला बेला बुझ्नु भन्दा नबुझ्नु धेरै सजिलो हुन्छ | म उसको मुखमा ट्वाल्ल हेर्छु |
मलाई थाहा छ हेर्दा मेक्सिकन जस्तो देखिने हुनाले उसले मलाई मेरै भाषामा ५० सेन्ट माग्दैछ |
म चुप लागेको देखेर उ अंग्रेजीमा दोहर्याउँछ "Can I borrow Fifty cents from you ?"
आफु समानको मान्छे, चाहियो होला र त माग्यो नि | बेलामा आपत् सबैलाई परिहाल्छ नि | म गोजी छाम्छु | जम्मा एउटा ढ्याक र पाँचको दुईटा नोट छ | पाँचको नोट थमाउने मुडमा म छैन |
"Does a quarter help you ?"
ऊ मन्द मुस्कान छर्दै भन्छ "Sure !"
यस्ता बीसौं साथिको सङ्गतले म अचेल अलिक बुझ्ने भएको छु | नहुनेलाई सरकारले यहाँ पर्याप्त खाना र आवास दिन्छ तैपनि जो जो मागी आएका छन, माग्न छोडदैनन | यी नभएका माग्ने होइनन "हेबीचुएल माग्ने" हुन् | म सोच्दैछु |
यत्तिकैमा एउटा हँसिलो मान्छे मेरो छेउमा आउँदैछ | मलाई थाहा छ उसको मनमा के छ |
"I am sort of seventy five cents for lunch, do you got some quarters ?" उ परिचित वाक्य दोहर्याउँछ |
Unable To Access Control Panel in Vista ?
44 minutes ago

16 Comments:
मैले माने मिलन जी ! भनिन्छ मानिस बद्लिन त्यस्तो गाह्रो हुन्न रे , त्यसैले उ वदलिए पनि उसको स्वभाव यानी आदत विल्कुल उस्तै रहिरहन्छ ! ( त्यो आदत बदल्न निकै कठिन पर्छ रे !
आज एउटा प्रमाण थपिदिनु भो मलाई !
तिनी हरुले त भारतमा रहेका माग्नेहरुलाइ पनि जित्ने रहेछन , हुन् त हाम्रो देशका नेताहरु पनि कम छैनन् है --- कुरा त्यता नलैजाम होला मिलन जी !
छोटो मिठो टासो !
Wow, this is compelling!
"...जो जो मागी आएका छन, माग्न छोडदैनन | यी नभएका माग्ने होइनन "हेबीचुएल माग्ने" हुन् |"
साना ठुला सबै सहरमा यस्ता आदतले मजबूर माग्नेहरु प्रसस्तै छन् । यिनिहरुप्रतिको दयाले यिनिहरुलाई माग्न अझै हौस्याउंदो हो र यस्तै मध्ये केहिहरु पछि गएर गन बोकी राती खुल्ने पसल लुट्ने सम्म हुँदा हुन् र जो लुटेर मात्र हिंड्दैनन् पसलमा काम गर्नेको ज्यान समेत उठाउने आफ्नै ठेक्का हो झैं गरेर ज्यान लिएर हिंड्छन् । हेर्दा सामान्य देखिने 'मगन्ते' समस्या वास्तवमा गंभीर छ यो देशमा ।
अचम्म लाग्यो,मिलनजी ! खुबै रमाइलो पनि लाग्यो |नसोचेको कुरा !
ठाउँ अनुसार माग्ने तरिका मात्र फरक हो, अरु त सबै एकै त हो नि !
मलाई अनौठो लाग्नु स्वभाविक हो । विचरो म....यहि गरिव देशमा मात्र माग्नेहरू हुन्छन् भन्ने लाग्छ सधैँ । कुवाको भ्यागुतो जस्तो लाग्छ आफै...
यी 'आदत से मजबूर' माग्नेका बारेमा केही कुरा पहिला पनि सुनेको थिएँ र विद्यार्थी जीवनमा १-२ जनासंग परिचय पनि थियो (ति पनि विद्यार्थी नै थीए) तपाईको पोष्ट पढेपछि मनमा धेरै कुराहरु आए । सोच्दैछु म पनि मेरा आदति माग्ने साथीका बारेमा कुनै दिन एउटा पोष्ट लेखौं :)
मिलनजी तपाईको लेख सगँ म सहमत छु। म आफैले कयौ पटक यस्तो भोगेको पनि छु। एउटा सानो प्रशंग यहा नेर मलाई पनि राख्न मन लाग्यो है। भर्जिनिया शहरको ब्रड स्ट्रीट भन्ने ठाउँमा म हिड्दै गर्दा एक जना साधारण मान्छे मेरो पछि लाग्यो र मलाइ तपाईलाई झै गरि केही सिक्काहरु माग्यो। मलाई डर पनि लाग्यो नदिउ भने फेरि के पो गर्ने हो कि, निकालेर मैले २ क्वाटर दिए। अनि उसले भन्यो यो पैसा मैले आफैले खान मागेको हैन, मेरो १ हप्तामा २० डलर माग्ने अनि यो पैसा अफ्रीकी देशमा बच्चाहरुको खानको लागि डोनेसन गर्ने रे। ए हो र? भनेर म त्यहा बाट हिडे। मलाई थाह भएन उसले ठग्न लाई त्यसो गरको हो वा के हो। जे होस यस्तो घटना हरु भई रह्छन्।
मिलन जी, तपाई माग्नेहरुले सातो लिएँ कि कसो ? पोष्ट एकदमै रमाइलो राख्नुभयो यसपाला पनि । विकसित देशहरुमा पनि माग्नेहरु हुन्छन् भन्ने थाहा पाएर अचम्ममा पर्दैछु । यो मान्छेको जातलाई त नसक्किने भयो है, निभेषभरमा सफलता पाउने सपना देख्छ ।
*राजेश बुढाथोकी 'नतांश'*
मिलन जी, मैले बनाएको ‘नेपाली ब्लगर्स ग्रुप’ लोगो राखिदिनुभएको रैछ म । तपाईप्रति हार्दिक आभार व्यक्त गर्दछु । सधैँ यस्तै सहयोग र समर्थनको आश राख्छु । तर ब्लगमा लोगो स्तरीय देखिएको छैन, तपाईले चाहेँको प्रकारको साइजको मैले लोगो तयार पारेर मेरो ब्लगमा इमेज कोड सहित राखिदिएको छु । आफ्नो साइडबारमा सो कोड लगाउनुहोला ।
सबै तिर माग्नेहरू पाईन्छन नै | ठाऊँ अनुसारका समस्या सबैका हुन्छन | यहाँका माग्नेहरूमा एउटा के गुण चाहीं छ भने यिनीहरूले आफूले भर्खर मागेको पैसा छ भने पनि अर्को कुनै दोश्रो माग्नेले माग्यो भने दिन्छन | भर्खर क्वाटर माग्नेले अर्कोलाई डलर दिंदै गरेको पनि देखिन्छ | क्वाटर क्वाटर मागेर टु डलर बनाए र वान डलर ट्वेन्टी फाइव सेन्टमा एउटा सोडा किने भने अरु फिर्ता- किप द चेन्ज भनेर पनि हिंडछन् |
मिलनजीको लेख चाहीं आउनु पर्ने नै लेख थियो | अरु पनि कति कुराहरू होलान जो थाहा भएर पनि थाहा नभई रहेका हुन्छन यसै | मीलनजीले जरुर अर्को पोस्टमा राख्नुनै हुने छ | यसमा उहाँको अनुभब छ भन्ने कुरा अघिल्ला पोस्टहरूले नै बताई सकेको छ | खालि धैर्य गर्ने काम छ ....|
Its everywhere...Not only in stops but even in the library...Most of the times if you are spotted in front of the vending, its for sure someone will come to you asking for 2-3 quarters...quarters quarters!
मिलनजीको टाँसो अलिक ढिलो आउँछ तर दुरुस्त आउँछ। अमेरिका, यूरोपतिरका मगन्तेहरुको बारेमा हल्काफुल्का त सुनिएको हो तर वास्तविकता यतिविधि नै रहेछ भन्ने चाहिँ बल्ल थाहा भयो।
रमाईलो लाग्यो यो पोष्ट! अलि-अलि सुनिएको थियो यस्तो कुरा पहिला, मिलन भाइको आफ्नै अनुभव पढ्न पाईयो।
भन्छन मागी खानु सबै भन्दा सजिलो पेषा हो, तर नहुने माग्ने भन्दा हुनेखाने माग्ने पो बिताउछन त कहिले काँही
Post a Comment