जमाना रिमिक्सको छ | गीत, सङ्गीत, चलचित्र, राजनीति चारै तिर रिमिक्स र रिमेकको हाली मुहाली छ | यसमा नेपाली ब्लग के कम ? मैले केहि ब्लगहरुको रिमिक्स गर्ने प्रयास गरेको छु | हुन त केहि अगाडी नै दुर्जेयजीले ब्लगमा रिमिक्सको प्रयोग गरिसक्नु भएको छ | तर यो रिमिक्स चाहिँ अलिक भिन्न र अपजसे रिमिक्स हो | यो रिमिक्स र रिमेक भन्दा नि धेर चाहिँ मिमेक (मिमिक्री) हो | सुरक्षाको कारणले कुनकुन ब्लगको रिमिक्स गरिएको हो त्यसलाई लुकाइएको छ | पत्ता लगाएर मनैमा लुकाई राख्ने काम तपाईंहरुको |
१. साला हाउगुजी मन्त्रिहरु ...
माच् *** मु *** जाँ *** नेताहरु सब भ्रस्ट छन ... त्यो माच् *** प्रचण्डलाई मैले बेइजिंग नजाने आदेश दिएको छु ...... त्यो मु*** माकुने किन बेला बेला दिल्ली जान्छ .... नेपाललाई मधेशीले भन्दा ति माच् *** जाँ *** पहाडीहरुले भारत परस्त बनाएका हुन् ... बरु प्यारा उपेन्द्र यादव देशभक्त हुन् ... त्यो माच्*** गिरिजा देशको भार ... मु*** देउवा हात्तिसार ...
बरु माओबादी ठिक छ ... सरकार यिनेर्कै बन्नु पर्छ ...
अरु नेपाली नेता मन्त्रिहरु हरामी छन ... माच् *** साला मु*** मन्त्रिहरु... साला हाउगुजी मन्त्रिहरु....
माच् ***
- समर्थकको लागि लत्ता कपडाको व्यवस्था छ |
२. राजेस हमालको सब्जी खेति
हामी बिहान उठ्यौं | हामीले मुख धोयौं | हामीले घुम्ने योजना बनाएका थियौं | हामी गाडीमा चड्यौं | गाडी स्पीड कुदयो | जाँदा जाँदै हामी हराईम | बिचै बाटोमा राजेस हमाल भेटिए | हमाल सब्जी खेति गर्दा रहेछन | उनको पाँच ओटा गार्डेन चार ओटा क्याम्प रहेछ | हामीले कोपी फलेको देख्यौं | हामीले साग फलेको देख्यौं | हामीले बोडी फलेको देख्यौं | हामीलाई नेपाल जस्तै लाग्यो | हामीले एक श्वोरमा लेख्यौं : ओहो ..क्या कमालको सब्जी खेति ... ओहो राजेस हमालको सब्जी खेति |
३. संघर्षरत त्यो सियो ...
झिलिक्क झिलिक्क
तल माथि
हुरी किरण काला काला बादल
कोठाको कुनामा
त्यो टेबल
धिप धिप
घर पिछाडी करेसाबारी
बिचारा
सियो
४. ब्लगर ड्यासबोर्डलाई छ्यास पार्नुहोस
करिब अडाई घण्टा अगाडी देखि नै केहि नयाँ तथा पुराना ब्लगर साथिले मलाई ब्लगर ड्यासबोर्डलाई छ्यास पार्ने तरिकाको बारेमा सोध्दै आउनु भएको थियो | केही साथीहरुलाई ईमेलबाट सामान्य तरिका बताए पनि अरु नयाँ आउनेहरुलाई पनि सहयोग होस भन्ने उद्देश्यले यो पोष्ट लेख्दैछु ।
ड्यास बोर्ड छ्यास बनाउने सन्दर्भमा तपाईंको आवश्यकता अनुसार कोडहरुमा सामान्य हेरफेर गर्नुपर्ने हुन सक्छ | सबै कुरालाई फेरिपनि लेख्दा दोहरिने सम्भावना भएकोले र छ्यास बनाउने बिषय पहिले नै धेरै पटक उल्लेख गरिसकेको हुनाले यसरि लेखेको छु |
यदि तपाईंलाई ड्यास बोर्ड पुरै छ्यास बनाउने मन छ भने यहाँ क्लिक गर्नुहोस |
यदि तपाईंलाई ड्यास बोर्ड आधी उधि छ्यास बनाउने मन छ भने यहाँ क्लिक गर्नुहोस |
यदि तपाईंलाई ड्यास बोर्ड पितिक्क मात्र छ्यास बनाउने मन छ भने यहाँ क्लिक गर्नुहोस |
यदि तपाईंलाई ड्यास बोर्ड छ्यास बनाउने मन छैन भने काहिँ पनि क्लिक नगर्नुहोस | माउस खेलाई मात्र रहनुहोस् |
५. "संगीता" सुन्नुहोस
यो ब्लगको यो अंकमा हामीले चर्चित नेपाली उपन्यासकार "धारापानी" प्रसिद्द कृति संगीताको पहिलो अंक प्रस्तुत गरेका छौं | पेज खुलेर यहाँ सम्म पढ्न भ्याई सक्नु भएकोमा बधाई छ | बाँकी ग्यारन्टी हामी लिन सक्दैनौं | संगीता - १ सुन्न तल क्लिक गर्नु होला |

क्लिक गर्दा नि खुलेन ? यस्तै हुन्छ भन्ने हामिलाई थाहा थियो | ठिकै छ, हामि संग अर्को उपाय छ | धुलिखेलबाट काठमाडौँ जाने बिहान साढे आठ बजेको बस चड्नु होस् | पुरानो बसपार्कमा उत्रेर प्रदर्शनी मार्ग तिर लुखुर लुखुर आउनुहोस | त्यहाँ साझा पुस्तक भण्डारको ठुलो महल छ | भित्र छिरेर संगीता पुस्तक किन्नुहोस् र घर लगेर मज्जाले पढ्नुहोस |
पढिसके पछी कृति कस्तो लाग्यो यो पेजमा आएर कमेन्ट गर्न नभुल्नु होला |
--------------------
श्रोत: मैले पढ्ने मध्येका केहि ब्लगहरु

15 Comments:
हाँसेरै मर्ने भइयो नि मिलन जि !
ड्यासबोर्ड छ्यास पार्दै संगिता सुन्नुहोस् !
त्यती ले नपुगे, धूलिखेल बाट काठमाडौँ हान्निहोस् ।
हा हा हा
जति रिमिक्स भएपनि, सबै भन्दा माथि को चाँहि अलि भद्दा रिमिक्स नै हो के ! तर राजेश हमाल को सब्जी खेति पनि कम छैन ।
:)
यो राजेश हमाल को सब्जी खेति पो पत्ता लगाउन सकिन हो । मलाई त सब्जी खेति पढ्न मन लाग्या थियो !
लौ यो झनै नौलो तरिका भयो मिलन जी ! गजब ले रिमिक्स गर्नु भएको रहेछ !
"संगीता" सुन्नुहोस - चाहि निकै मिठो लाग्यो ....., ब्लगर ड्यासबोर्डलाई छ्यास पार्नुहो पनी कम होइन , अनि सियो पनि तपाईको यो ब्लगमा उत्पादन हुन थालेछ (गजब) भो ! राजेस हमाल पनी सब्जी खेती गर्न थालेछ्न ...हाहाहा....
"साला हाउगुजी मन्त्रिहरु " को अर्को घत लाग्दो कुरा -"- समर्थकको लागि लत्ता कपडाको व्यवस्था छ !" जय होस ! मिलन जी को !
हत्पति हाँस्ने मेलो नपाईरा' बेला ५ हलको हाँस्ने मेलो भेट्टाईयो गाँठे!
हाउगुजीले साह्रै हसायो हा हा हा हा । सहि छ सहि छ । Mood Fresh भयो आज!!!
सियो म हो , अनि संगिता चाँहि आकार हो । के लेख्ने म हाँसेर लेख्न सकिरहेको छैन । मलाई आकारको चाँहि पुरै दामी लागेको हो ।
धुलिखेलबाट काठमाडौँ जाने बिहान साढे आठ बजेको बस चड्नु होस् | पुरानो बसपार्कमा उत्रेर प्रदर्शनी मार्ग तिर लुखुर लुखुर आउनुहोस | त्यहाँ साझा पुस्तक भण्डारको ठुलो महल छ | भित्र छिरेर संगीता पुस्तक किन्नुहोस् र घर लगेर मज्जाले पढ्नुहोस | रे ।।। क्या गज्जब
हा हा ।।। हे हे ।। हु हु ।।। हि ही ।।।।
उसै पनि ब्लग भनेपछि स्वतन्त्र हुने, त्यसमाथी पनि रिमिक्स भने पछि के भन्नु ?।
श्रोत पनि सबै पत्ता लागे, तर पहिलो 'ट्रयाक' लाईनै फिल्टर गर्दै पढनु पर्ने नबनाएको भए अलि भद्दा नदेखी स्तरीय हुन्थ्यो ।
२-४ वटा 'अर्ध शब्दहरु' नराखीकनै पनि यो पोस्ट राम्रो बन्न सक्थ्यो ।
हे..हे..हे... मिलन जी कसलाई झटारो हुन्नुभएको मैले पनि थाहा पाईहाले । मज्जाले हँसायो मलाई । विशेषगरी ड्यासबोर्डको छ्यास र संगीता सुन्नुहोस् पढेर हाँस्दैछु अहिले पनि । यसबाट प्रस्टियो तपाई नेपाली ब्लगहरु कुनाकुना चहार्नु हुने रैछ ।
संगीता सुन्न क्लिक गरेको त त्यो त नक्कली पो रहेछ हे हे हे । :)
हा हा हा! पोस्ट चाही बब्बाल गयो है !!
हा हा हा खुब हसाउनु भयो मिलन जी,,, तपाइले सधै यस्तै रमाइला र पृथक बिषयहरु प्रस्तुत गर्नुहुन्छ, कता कताबाट आउछ हँ यस्तो गज़ब्को आइडिया ?
समर्थकलाई लत्ताकपडा र ब्लगर ड्यासबोर्डलाई छ्यास पार्ने तरिकाले मर्ने गरी हँसाए। मिलनजीको कल्पनाशक्ति बब्बालै रहेछ।
हा हा हा .... गजब छ बा !
त्यसै व्यंग्यकार कहा भनेको हो र मिलन जी लाई ? हाउगुजी देखि, धुलिखेल,हमालको सब्जी खेति संग समर्थकलाई उपहार पठाउदै संघर्षको सियोले डयास्बोर्ड छायास पार्ने करामतले हसायो मरी मरी ।
हा हा हा उफ् !!!!!
'ब्लग छ्यास' र 'सङ्गीता'ले गर्नु गर्यो बा ! ल घच्चीको गयो है पोस्ट । हत्तेरी !!!!!!
चिन्न पनि यी दुइटालाई मात्र पो चिनेँ हौ मैले त !
हा हा हा... जे होस् म सफल हुँदै छु त्यो एक नम्बर विवरण मेरै बारेमा हो जस्तो छ तपैले फेरी सम्झाई दिनु भो मलाइ अनि के गर्नु त मिलन ब्रो यस्ता मु ... नेताहरुलाई त कट्टु नै खोलेर गु...देखाइदिए पनि हुन्छ जाँ...हरुलाई
Post a Comment