तपाईं विश्व प्रसिद्द फिल्म नगरी हलिउडको मुलबाटो 'हलिवुड ब्लुबर्ड' पुग्नु भो भने के कल्पना गर्नु हुन्छ ? अग्ला अग्ला भवन, झिलमिल बत्ति, मानिसको रमझम, अंग्रेजी गीत, छोटा छोटा लुगा लगाएका राम्रा राम्रा केटी अनि यस्तै उस्तै कुराहरु....तर त्यो संगै टुप्पी छोडेर बाँकी केश खौरेका अग्ला गोराहरु र ब्रिट्नी स्पयेर्स भन्दा कम नदेखिने राम्री गोरिहरुले गेरु बस्त्र धारण गरि 'हरे राम हरे कृष्ण'को भजन गाइरहेको सुने पनि आश्चर्य नमाने हुन्छ | अचेल हलिउडमा राम, कृष्ण र गणेश जस्ता हिन्दू देवताको गतिबिधि धडाधड चली रा'छ |
चलचित्र सम्बन्धी बिश्व प्रसिद्द अवार्ड 'ओस्कार'को बार्षिक समारोह गरिने घर 'कोडाक थिएटर'को शिरैमा गणेशको बिशालकाय मुर्तिहरू छन | माथी फोटोमा देखिएको मूर्ति तिनै मध्येको एकको हो | त्यै भवन भित्र रहेको मलमा डाईनिंग गर्दै गरेका हिन्दु धर्म सँग अपरिचित मानिसहरु केहि सोच्न आकाश तिर फर्किए सुँड भएको अचम्मको मोटो मान्छेको मुर्ति देखेर तीन छक्क पर्छन | अनि त्यसको बाहिर सडकमा टुरिस्ट सँग पोज दिने "सुपरम्यान" जस्तै शायद कोहि होलान भनेर सोच्दा हुनन् |
त्यति मात्र होइन 'कोडाक थिएटर'को बाहिर पट्टि बिदेशी मुलका हिन्दू धर्मालम्बीले 'हरे राम हरे कृष्ण'को भजन प्राय जसो गाउने गर्दछ्न | लस एन्जलसमा रहेको कृष्णभक्त टोलिमा सयौंको संख्यामा बिदेशी गोरा गोरीहरु आबद्द छन | मन्दिर तथा मन्दिर प्रबर्धित अपार्टमेन्टमा सामुहिक रुपमा रहने यी गोरा गोरिको एकै मात्र उद्देश्य छ, ५००० बर्ष अघि कृष्णले अर्जुनलाई दिएको गीता बाणी सारा संसारमा फैल्याउनु | दिन भर उनीहरु लस एन्जलसको सडक र पसलमा आफु जस्तै अरु गोरा गोरीलाई कृष्णको संदेश दिन र पुर्बिय सभ्यताको आध्यात्मिक पक्ष बारे बुझाउन मेहनेत गरि रहेको भेटिन्छ |
मैले तिनै मध्येको एक कृष्ण भक्त 'प्रभुपतिदास'लाई संयोगले मेरो कार्यथलोमा भेटेको थिएँ | हिन्दु धर्मको ब्यबहारिक पक्षबाट प्रेरित उनि सन् १९७३ मा हिन्दु धर्ममा प्रवेश गरेका थिए | त्यस उप्रान्त उनि गीताको संदेश अमेरिका भरि छरीरहेका छन | मैले उनि संग छोटो भिडियो पनि लिएको थिएँ | ल हेरी हालौं |
हरे कृष्ण हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम
राम राम हरे हरे
फेरी भेटौला

14 Comments:
नौलो खबर टाँस्नुभएको जस्तो लाग्यो । यसअघि मैले यस्तो पढेको/सुनेको थिइन । सबै धर्मका राम्रा नराम्रा पक्षहरु हुन्छन् । स्वतन्त्रपूर्वक धर्म परिवर्तन गर्नु पाउनुपर्छ जस्तो लाग्छ । यस्तोमा पनि अरुले सामान्य मानी दिनुपर्छ ।
आफ्नो बिचार र आस्थामा सकारात्मक सोच पैदा गर्न जुनसुकै धर्म माने पनि हुने जस्तो लाग्छ मलाई पनि ।
खैरेलाई पनि भागवत गीताले आकर्षण गरेको पाए हिन्दु सभ्यताको आध्यात्मिक चिन्तनले अमेरिकीहरुमा जरा गाडन सफल भएजस्तो लाग्यो।
मिठो र रसिलो भिडीयो प्रस्तुत गर्नु भएकोमा धन्यबाद मिलन जी !
भिडियोसहितको जानकारीमूलक टाँसो राम्रो लाग्यो। हरे कृष्ण हरे राम!!
गजब छ ! यो खैरेले सही बाटो पत्तालाएछ |
अमेरिकाले यस अर्थमा पनि प्रगति गरेको हो जस्तो लाग्छ कि उसले सबै प्रकारका मान्छेहरूको स्पिरिटको सम्मान गरेको छ | फेरि फिलोसोफी भन्ने कुरा तेरो र मेरो भन्ने कुरा हो जस्तो पनि लाग्दैन मलाई | यसो हुनु हो भेने संसार कति सास फेर्नै मुस्किलको हुन्थ्यो होला ! मलाई क्रिस्चियन धर्मका पनि धेरै कुराहरू मन पर्छन यसो हुँदैमा कसैले मलाई क्रिस्चियन भन्छ भने त्यो बिचराको लागि मसंग दबाई नहुन सक्छ |
मिलनको लेखनशैली मलाई मनपर्छ | यो प्रसंसा होइन लेख आफै बोल्ने कुरा हो | भिडियोको प्रस्तुतीले लेखलाई कोठे चिन्तन भन्दा बाहिर लगेको छ | यथार्थको प्रस्तुतीमा मेहनत देखिन्छ | म आफ्नालागि यो पोस्ट प्रेरणा मान्छु | राम्रो काम मिलन !
खैरेले सही बाटो पत्ता लगाएछ भन्दा पनि प्रभुपतिले यो बाटो रोजेछ भन्नपर्ला । बाटोहरु त कुनै पनि खराब नहोलान् है ; बटुवाहरुले बदनाम गर्नु अर्कै कुरा ।
नयाँ खाले टाँसो! धन्यबाद छ मिलन भाइलाई!
पश्चिमाहरु शक्तिशाली यसकारण छन् कि कुनै पनि दर्शनको सकारात्मक पक्षलाई हामीलेभन्दा धेरै सजिलै स्विकार्छन्। भिडियो हेर्न चाहीँ अझै मिलेको छैन, काममै छु:)
हरे कृष्ण हरे राम.......!!
टासो र श्रव्यदृश्य दुवै खुब मन परे । कृष्णभक्तहरु धेरै ठाउँमा छरिएका छन, यता पनि हरिनाम जप्दै हिड्ने थुप्रै प्रणामीहरु छन । बढ्दो पाश्चात्यकरणले गाँजेको हाम्रो पिढीले पूर्वीय दर्शनतर्फ अभिमुख यस्ता प्रसंगहरुलाइ प्रेरणा नै मान्नु पर्छ ।
द्वारिकामा पनि एक खैरेले मलाई श्री कृष्णको सार भन्दै थिए। म सँग एक रसियन ठिटी र एक जापानिज केटो थियो क्यार। त्यो बेला अचम्म लाको थियो। तपाईँको यो पङ्त्ती त्यसैले नौलो नलागे पनि रमाईलो चाहीँ असाध्यै लाग्यो।
हिन्दु धर्म को आध्यात्मिकता बाट खैरेहरु प्रभावित भएका हुन् कि हाम्रो मन्दिर का टुडाल मा देखिने देउता का बिसेस पोजिसन हरुबाट ?
त्यो पनि अनुसन्धान गर्नुस है मिलन जी ;)
नौलो तर दुरुस्त लाग्यो तपाईको टासोँ। साह्रै राम्रो जानकारी पनि हो यो। हामी आफैमा हराईरहेको बेला केही भए पनि आफूलाई चिन्ने मौका दियो यो भिडियोले। हामीले आफ्नो बिर्सियर अरुको नक्कल गर्न खोजिरहेको बेला यो पोष्टले केही हद सम्म पनि सम्मालिएर रहन प्रेरणा दिनेछ। धन्यबाद सुन्दर पोष्टको लागि।
दुर्जेय जी, तपाईंको प्रोफाईलमा समस्या आएको हो ? नट एबाईलेबल भन्छ ...
हामी विदेशी संस्कृतिको नक्कल गरेर आफुलाई आधुनिक भन्न रूचाउँछौँ । खैरेहरूचैँ हाम्रै संकृति र दर्शनतिर आकर्षित भएको थाहा पाउँदा लाज लाग्यो मलाई त हाम्रो प्रवृतिप्रति । खै कहिले चेतना आउने हो हामीमाझ!!
पंछि ,नदिया , पवनके झोके कोहि सरहद ना यिने रोके ।।।।।।। कला र संस्कृतिले पनि बिस्तारै globalization को बाटो समात्दै छ । यसैको उदाहरण हो यो ।
By the way milan ji ...I left wordpress and came to blogspot ...hope u ll add my new url ....
www.ametya.blogspot.com
Post a Comment