१. ब्लग नलेखी हुँदै हुँदैन भन्ने कुरा गलत हो
२. ब्लग लेख्नु र अल्छी गर्नु सँग सम्बन्ध हुन पनि सक्छ नहुन पनि सक्छ
३. ब्लगमा अनुच्छेद लेख्नु भन्दा फेसबुकमा हरफ लेख्नु र ट्विट्टरमा ट्वीट गर्नु सजिलो कुरा हो
४. लेख्नु भन्दा पढ्न अझ बढी सजिलो हुन्छ... आदि आदि
खोजि खोजि लेख्नु पर्ने र नलेखे पनि हुने बिषय मात्र होइन यो बिचमा नलेखी नहुने बिषय पनि छुटेका रहेछन | थालेका र छोडेका गरि ब्लगर ड्यासबोर्डमा झन्डै १० वटा अपुरा पोष्टहरु बसेका छन | यिनलाई कसरि तह लाउने भन्ने सोच्दै छु |
----------------------------
अचेल हलिउड प्रवेश गरेको छु | फिलिममा खेल्ने खेलाडी होइन दर्शकको रुपमा | अंग्रेजी फिल्म कुनबेला कतिखेर कुन हलमा चल्छ भन्ने कुरा धरमर धरमरमा भए नि भन्न सक्ने भा छु |
झन्डै दुई हप्ता अगाडीको बिहीबार "न्यु मुन"को लाईनमा बस्ने अल्छीले २०१२ हेरें | फिलिम शुक्रबार बिहानको रातीको १२ बजे रिलिज हुनुपर्ने हो | बेलुकै देखि केटा-केटी बेड बिस्तारा बोकेर लाईन लागेका छन् "नयाँ चन्द्रमा" हेर्न | शायद औंशीको रात थियो होला त्यो दिन ... क्या जोश |
२०१२ मा संसार सुरुमा क्यालिफोर्निया तिरैबाट भित्किन सुरु गर्छ | कुर्शी जोडले समातेर हेरियो | साँच्चै यस्तै भो भने त आफु पहिलो नम्बरमा नै परिने भइयो | यो २०१२ को एउटा सिन :
त्यसको भोलिपल्ट एउटा पार्किंगमा झन्डै उस्तै दृश्य देखेको थिएँ | फोटो खिच्न पाईएन | त्यो संग मिल्ने चित्र इन्टरनेटमा खोजेर राखेको छु .. झन्डै यस्तै यस्तै देखिन्छ |
२०१२ आएको छैन यो चाहिं २००९ मै हो | शायद यो पुर्ब तयारी पो हो कि ?
हुन त पक्का केहि नहोला ... तैपनि केहि भै हाल्यो भने जे होला देखा जाएगा
----------------------------------------------
अर्को कुरो ... देश अचेल गज्जबले तातिएको छ | यता ...उता .. आन्तरिक... बाह्य ... आन्दोलन .. हस्तक्षेप आदि आदि | आन्तरिक कुरो त आफ्नो छँदैछ | बाह्य कुराले देशलाई थुरथुर परेर चलाईराखेको छ | कमिला,मान्छे देखि देश-परदेश सम्म हरेकका आफ्नै कमि कमजोरी होलान | यति हुँदा हुँदै पनि आफ्नो कमजोरी भन्दा बढी गुमाउनुमा चाहिँ धेरै बनको बाघ भन्दा "मनको बाघ"को कमाल होला |
बनको बाघको फोटो छ्यासछ्यास्ती भेटिन्छन ... मैले इन्टरनेटमा मनको बाघको फोटो नि खोजेको छु |
लौ हेरौं |

------------------
अर्को ब्लगमा भेटौंला



15 Comments:
२०१२ को कुरा सही होइन मीलन | पक्का हो | खास कुरा जीवनमा केही गरेकै छैन कहाँ त्यस्तो हुन पाउँछ हँ ? त्यस्तो केही भैहाल्ने छनक भयो भने हेर म छु याता तिर आए हुन्छ |
जे होस् धेरै समय पछिको यो ब्लगको भेटमा खुसी लागेको छ |
ब्लगर फेला परेको सुचना,
मिलन दाइ, थन्केर बसेका १० मध्येको एक को १ शीर्षक यो पनि होला, तपाई ड्यासबोर्डमै होला ।
पोष्ट मज्जाको लाग्यो दाजु ।
२०१२ को आफ्नै कथा सुनिन थालेको छ । एकताका छिमेकीले के भनिदिएछ मलाई त भर्खर मात्र थाहा भयो । अनि यसको कथामा को भन्दा ४४ गुणा बलियो कथा बस्तु हाम्रो समाजमा सुन्न पाईन्छ । उहि मनकै बाघ होला । अनि बाघको कुरा म चाहिँ सहमत भइन । यसको त ३ वटा मात्र मुख छ । यर्थाथ यसमा यसको मुख जता बाट हेरे पनि देखिन्छ । जहाँ गएर सोधे पनि यो संग परिचित नभएका र यसको सिकार नभएका कमै भेटिएलान् । तर बाघको सिकार परेछ, सिकार पर्ने र सिकार गर्नेलाई मात्र थाहा हुन्छ ।
मिलन दाजु ,दुइ महिनापिछ झुल्किँदा तपाइँले पत्ता लगाउनुभएको चार वटा बुँदामध्ये दोस्रो र अन्तिम बूदाँमा मेरो पनि पूर्ण समर्थन छ । ब्लगमा पनि फेसबूकमा जस्तै छोटै हरफ लेख्दा पनि भइहाल्छ नि होइन र ?
लौ रमाईलो लाग्यो तपाईंको यो ब्लग । मलाई चैं 2012 हेरेर Yellow Stone National Park जान मन लागेको छ ।
मन परो है मित्र मनको बाघ !
nepalimanharu.com
तपाईको बाटो हेर्दा हेर्दै म पनि आफै हराएको थाहनै भएन। तर झुस्स आउने बेस्करी हानेर हिड्ने बानी यस पाली पनि उस्तै रह्रयो। कुरा रह्यो २०१२ को, जे होला देखा जाएगा। म पनि तेसै सोचिरहेको छु। जे होस रमाईलो लाग्यो। बरू बेला बेलामा आईदिनु पर्यो अत्यारनै लाग्ने क्या भन्या।
नयाँ घर, नयाँ ठाउँ...नयाँ के के भनेपछि नयाँ पोष्ट आएको हो मिलन ब्रो ?
मिलनजी, मनको बाघको प्रतीकात्मक बिम्ब बडो गज़बको लाग्यो , विल्कुल नया प्रयोग गरेजस्तो --चुपचाप हजारौं शव्दहरु ओकल्ने .....
हैन मिलन जी कतै २०१२ भन्ने पनि कुनै अर्को फिल्म को प्रोमो त हैन ?
एदी साचो नै हो भने जे जे मोज गर्ने इच्छा छ गरिहाल्नुस... दमन गरेर नाराख्नुस ;)
अनि हस्तछयेप त भएकै हो है
यो त सरासर मनकै बाघको करामत हो जस्तो पो लाग्यो ।
मनको कुरा गर्ने मिलन जीको मन आम मान्छेको मनको लहरसँग मितेरीमा मिल्नु पनि अनौठो होइन ।
आगे जे होला, मुकाबिला गरिएला ।
फेसबुकको दौडमा ब्लग फेच्चा नपरोस् है !
मनको बाघको कुरा गहिरै छ। तपाईंका केही पुराना टाँसा पनि पढेँ, निकै रमाइलो लाग्यो। अलिक चाँच्चाँडै पढ्न पाइयोस् यस्ता मिठा मनका कुरा।
मैले फेसबुकमा पनि लेखेको थिएँ, यस्तो ३-४ वटा 'चानचुन' कारण देखाएर यस्तो रसीलो पोस्ट लेख्ने मान्छे यत्तिका दिन हराउन पाईन्छ र भन्या?
त्यो २०१२ को दन्त्यकथा भने मलाई त्रिशुलबाबाको भविश्यवाणी भन्दा केही फरक लागेको छैन :)
लौ खुसी लाग्यो त तपाईलाई धेरै दिन पछि पढ्न पाउँदा।
यो महाप्रलयको कुरामा भने अझै विश्वाश गर्न सकेको छैन । धेरै अगाडी फेश बुकमा एउटा स्टाटस लेखेको थिएँ त्यो फेरी यहाँ एक पटक लेख्न मन लाग्यो है।
"Never take life seriously. Nobody gets out alive anyway "
अब महाप्रलय भएनै पनि के गर्न सकिन्छ र?
धेरैपछि तपाईका शब्दहरु फेरी पढ्न पाइयो । निरन्तरताको शुभकामना छ ।
मलाई त भोलीको चिन्ता छैन । आखिरमा जे हुन्छ हुन्छ ‘नो टेन्सन’ । वर्तमानमा रमाउन जान्नुपर्छ भोलिको कुरा मनमा खेलाउँदै बस्नु भनेको आफैलाई भोलिवादमा तान्नु हो जस्तो लाग्छ ।
फेरी पनि वर्तमानमा रमाउनु नै उत्तम हो । ‘कल किस्ने क्या देखा’ होइन र ?
Post a Comment