
अचेल भरि जुट्ने, फुट्ने, भेला गोष्टि गर्ने, बन्द धर्ना गर्ने सब कुरामा नेपाल अगाडी छ | नेपाली ब्लग नि यसमा पछी रहने कुरा भएन | अचेल ठुलो हल्ला खल्ला छ देशमा - परदेशमा | अनि मैले पनि बुझेको छु मौका यहि हो |
ए मेरा पिडित साथि ! ल आउँ यहि मौकामा हामि नि आफ्ना माग पुरा गराउन कम्मर कसौं |
------------------------------------------
नेपाली ब्लग सरकार ! हाम्रा माग पुरा गर !
------------------------------------------
हाम्रा निम्न ५ सुत्रिय माग २४ घण्टा भित्र पुरा गर्न जोडदार अपिल गर्दछौं | अन्यथा अनिश्चितकालिन ब्लग बन्द गर्ने घोषणा गर्दछौं | त्यतिमा नि सरकारको चित्त नबुझे थप कडा संघर्षका कार्यक्रमहरु घोषणा गर्नेछौं |
१. कि त "टाँसो"लाई "टाँसो" नभनियोस वा tanso, taanso, taso, tan - so आदि जे लेख्दा पनि "टाँसो" नै देखिने गरिको प्रबिधिको बिकास गर्न गुगल, युनीकोड नेपाली लगायतका साईटलाई दबाब दिन उच्च स्तरीय समितिको घोषणा गरियोस |
२. जिमेल र इमेल हेर्दाहेर्दै सेल, तेलको किनमेल देखि फिमेल सम्म भुल्नु पर्ने बाध्यता रहेको हुँदा गुगल ग्रुपबाट दिनमा बढीमा एक इमेल आउने गरिको व्यवस्था मिलायोस |
३. नेपाली ब्लगरको धेरै लोगो रहेको हुँदा कुनै एक मात्र लोगो आफ्नो ब्लगमा राखे अरु लोगो चाहिँ भारत र चीनको ब्लगरको भए जस्तो बुझिने र सप्पै लोगो राखे अरु साथि ब्लगरको "लिंक एक्सचेन्ज"मा ठाउँ बाँकी नरहने हुँदा कि त एउटा लोगो मात्र पास गरियोस वा सबै लोगो हरुको अलि अलि हिस्सा चुँडेर एउटा सर्बदलीय लोगो बनाईयोस |
४. ब्लगरहरुलाई ब्लग कसरि बनाउने मात्र होइन ब्लगबाट पैसा कसरि कमाउने भन्ने बिषयमा पनि उदाहरण सहित जानकारी दिने व्यवस्था मिलाईयोस |
५. नेपाली ब्लग जगतको असन्तुष्ट समुह बढ्दै गएको र निकट भविष्य मै ससस्त्र ब्लगर जन्मिन सक्ने व्यापक आशंका रहेको हुँदा ब्लगरको केहि निश्चित प्रतिशत संख्यालाई समय मै शहिद घोषणा गरि सुबिधा समेत उपलब्ध गराईयोस |
पिडित नेपाली ब्लगरहरु

24 Comments:
हा हा हा! गज्जब छन् मागहरु! सरकारले पूरा गर्दिनै पर्छ!
यो ५ नम्बरको माग चाहिँ सबैभन्दा दामी लाग्यो।
पहिलो कुरा त यो माग हामीहरुसंघ छलफल नगरी राखिएकोले यो माथिको सबै माग खारेज गरियोस ! :)
अनि हाम्रा असली मागहरु तल छन:
१. देशको राजनीतिमा जसले जे गरे पनि पाएको जस्तै बल्गरहरुलाई स्वछन्द रुपमा जसलाई जे मनलाग्छ त्यहि लोगो र नारा राख्न छुट दिईयोस ।
२. गुगल एड राखेर कसैले पनि नथीची दिएकोले ब्लगरहरुलाई सिधै मासिक 'ब्लगर भत्ता' को व्यबस्था गरीयोस ।
३. ब्गरहरुको छूट्टै स्वायत्त प्रदेश "ब्लगोनगर" को छिट्टै व्यबस्था गरीयोस ।
४. सबै ब्लगरहरुलाई एउटा परिचय पत्र दिईयोस र सो देखाएपछि नेपालका कुनै पनि सरकारी निकाएमा बिना रोक तोक प्रवेष गर्न पाईने व्यबस्था मिलाईयोस ।
५. कसैले ब्लगको नाममा समाचार र कतै समाचार गृहले पनि ब्लग चलाउन थालेकोले ब्लग र समाचारको भिन्नता बारे स्पष्ट नीति ल्याईयोस ।
६. पत्रकार चौथौं अंग भए ब्लगरलाई पाँचौ अंग घोषणा गरियोस ।
अनि मुख्य कुरा, अहिले सम्झन नसकेको मागहरु जुनसुकै बेलामा थप्न पाईने लचिलो ब्यबस्था कायम गरीयोस ।
हाहाहा मिलन ब्रो, मलाई पहिलो जीवीत शाहीद घोषणा गरेर भत्ता दियोस.. हाम्रो माग पुरा गर नत्र चक्काजाम को घोषणा हुन्छ
हाहाहा मिलन ब्रो, मलाई पहिलो जीवीत शाहीद घोषणा गरेर भत्ता दियोस.. हाम्रो माग पुरा गर नत्र चक्काजाम को घोषणा हुन्छ
हामी माग्नमा कति सिपालु छौं भन्ने कुरा यसले नै देखाउँछ | थप मागहरुको लागि धन्यबाद है दिलिप दाइ | यसरी नै सबै साथिहरुले माग हरु थप्दै जाउँ ... १०० वटा पुर्याएर सिधै नेपाल सरकारलाइ नै बुझाउनु पर्छ |
अल्मलिउन न मोरा हरु !
लौ मुख्य माग चै खोइ नि?
हरेक कार्यलयमा lunch time जस्तै blogging time पनि राखियोस्।
Bloggingको लागि आबश्यक पर्ने इन्तेर्नेत् सबै ठाउँमा सुलभ त सस्तो म उपलब्ध गराइयोस्।
Blogging मन्त्रालय पनि ठपियोस्।
सबैको मागहरु पढियो, मनम गरियो र हिडियो।।
खै माग खस्रा खस्रा परेछन । अब चिल्लो पारामा बुझ्न खोज्नेले खस्रा माग कसरी पूरा गर्ने हुन? तैपनी मैले पनि एउटा राखे है त मिलन ब्रो । दिलीप जीको मा थप्दै । "यो परिचयपत्र मात्र होइन की ब्लगरहरु बिश्वभरी नै छरिएर रहेकोले एकाआपशमा भेटघाट, समन्वय र गोष्ठिहरु बिभिन्न देशमा गरिरहनुपर्ने भएकोले रातो पासपोर्टको व्यव्स्था हुनु पर्यो ।"
I think it is good indication.so no ha-ha on this satire from me. I have great expectations from blog medium. WE need such medium . Our traditional media are in the hands of Market.
ranjit
I think demand, support,feedback and are life Venn of any political system.so the system must address our genuine demand.lets be together to address our demand.
I think demand, support,feedback and environment are life Venn of any political system.so the system must address our genuine demand.lets be together to address our demand.
राम्रो विषय उठान गर्नुभएछ तपाईले ।
मैले पनि दिलीप दाईझैँ केही मागहरु थपे है ।
- ब्लगरहरुको हक, हित र अधिकारका मुद्धाहरु नयाँ बन्ने संविधानमा ग्यारेण्टी गरिनुपर्ने ।
- राज्यका टाउकेहरुले अनिवार्य रुपमा ब्लग पढ्ने बानी बसाल्नुपर्ने ।
- ब्लग लेखेकै भरमा कुनै पनि ब्लगर माथि सांघातिक हमला भए दोषीलाई कडाभन्दा कडा कार्वाही गरिनुपर्ने । ।
- ब्लगरका टाँसोहरु कपि गरी आफ्नो वेब तथा ब्लग भर्ने जोकोहीलाई पनि कडा कार्वाही गरिनुपर्ने ।
हामीबाट चाहिँ बन्द, हड्ताल र तोडफोड जस्ता क्रियाकलापहरु गरिनुहुन्न । जनताले धेरै दुख पाएका छन् । हामीहरु जनता हौं । जनताले जनतालाई दुख दिनु न्यायसंगत छैन ।
टाँसोका लागि धन्यवाद ।
हैन मिलन जी लाइ त दिमागमा यस्ता मागका कुराहरु कसरि फुरे ह ?
सबै मागहरु हेरे ठिकै लागे अनि दिलिप जी लगाएत प्राय : सबैले कुनै न कुनै माग थप्नु नै भएको रहेछ - लौ ब्लग सरकार म देखि नडराए हुन्छ - म त्यस्तो कुनै माग राख्दिन ... तर यदि ब्लग मित्रहरुले हड्ताल नै गर्नु पर्न आबस्था आयो भने चाहि ..छाड्दिन .है. ढुंगा मुडा गर्न भने सिपालु नै छु है ... क्याम्पस देखि नै सिकेर आएको ....फेरी ...?? हे हे ...........हेहे .....
मिलनजी,
माग हरु जायज छन । सबै ब्लगरहरुलाई म शान्तिपूर्ण आन्दोलनको लागि अपिल गर्दछु ।
भनेपछि ब्लगर आन्दोलनको टड्कारो आवश्यकता परिसकेकै हो त ?
la la saathi haru ,saathi haruko maag jayaj chha . blogger andolan jindabad . maile chahi sojho janata ko pratinidhitwa gareko re kay . jasle je bhanyo aakha chimlera tyasaiko pachhi lagne hehehehe
मागहरू
1. डोमेन सबैमा राखिदियोस, /उपलब्भ गराइदियोस
2. ब्लग भेला हुदा भत्ताको ब्यबस्ता गराइयोस,
3. अहिले बिभिन्न पत्रपत्रिका हरूले ब्लग प्रयोग गरी बिज्ञापन बाट पैसा कमाइरहेको ले हाम्रो ब्लगमा पनि बिज्ञापनको ब्यबस्था गरी दैनिक नभए मासिक, मासिक पनि नभए बार्सिक रकम प्रप्त होस, रकम हाम्रो एकाउन्टमा जम्मा गरीदियोस
र हामि ब्लगरहरु को आन्दोलनमो नारा चही खै त साथिहरू ????
अन्त्यमा .............
एउटा नारा देशमा शान्ति ले कि हाम्रो माग पुरा गर,
बसन्तजीले भनेझैँ पाँचौ मागले त हाँसो नै छुट्यो है। दीलिपजीको बुँदाहरु साँच्चिकै गहन छन् है। सहमत छु म। (तर पहिलाका माग खारेज गरेर नयाँ बनाउँनको लागि आह्वान चाहि गर्न परेन त दीलिपजी।) अनि राजेशजीले राख्नुभएको दोस्रो र चौथो बुँदामा पनि सहमत छु।
ब्लगर आयोग पनि चाहिने हो कि ?
रमाईलो लाग्यो तलाईँको ..... नेपाल बिग्रेको, नेपाली बिग्रेको लेखहरू पढ्दा पढ्दा दिक्कै लाग्थ्यो, तर तपाईँचाहीँ, उही ड्यांगको अलिक मीठो मूला हुनु हुँदो रहेछ।
सशस्त्र ब्लगरको कल्पना त तपाईंको कल्पनाशिलताको पराकाष्ठ नै हो । अत्ती मन छोयो यो ब्यङ्यले ।
ब्लगरहरु बीच एकता कायम गर्न "राष्ट्रिय ब्लगर एकताको प्रतिक" मा मेरो नाम छनौट गरियोस । अन्यथा ब्लग आन्दोलनको आधी बेहरी आउनेछ ।
हा हा हा !!! एकदम गज्जब माग छन् । दिलीप दाइको दोस्रो माग 'गुगल एड राखेर कसैले पनि नथीची दिएकोले ब्लगरहरुलाई सिधै मासिक 'ब्लगर भत्ता' को व्यबस्था गरीयोस ।' चाहिँ एकदम गजब छ !!
ल ल घच्चीका रहेछन् मागहरू ।
दिलीप दाइका दनकले पनि खित्का छुटाए । अहिलेको कथित बुर्जुवा राज्यव्यवस्थाले हाम्रो महान ब्लगिङ यात्रालाई केही दिन सक्दैन, बरू यी समग्र माग पूरा गर्न हामीले आफैँ छुट्टै ब्लगतन्त्र स्थापनामा जुटौँ ।
न्याय नगर्ने चाहि को रैछ ?
nice
Post a Comment