Pages

उडी छुनु चन्द्र एक...

Friday, July 10, 2009



यो ती मान्छेको हस्ताक्षर र पदचिन्ह हो जसले मानब ईतिहाँस मै पहिलो पटक पृथ्वी ईतर को धर्तिमा पाइला टेकेका थिए | उनी र उनी जस्तै अरु बीर अन्तरिक्ष बैज्ञानिक हो सम्झना र कार्य लाई सम्झेर म बसेकै सहर हन्स्भिलमा अमेरिकी अन्तरिक्ष केन्द्र नासाको बास्तबिक प्रयोगशाला संगै सर्ब साधारणको लागि संग्राहलयको निर्माण गरिएको छ | जुन ८ मा संयोगले मैले पनि सो केन्द्रको भ्रमण गर्ने अवसर पाएँ |




अन्तरिक्ष बैज्ञानिक निल आर्म्स्ट्रंगले साथि बैज्ञानिक माईकल कोलिन्स र बज एल्द्रिन संगै जुलाई २४, १९६९ मा चन्द्रमामा पहिलो पटक पाइला टेकेका थिए |
साथै अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको ६० को दसक भित्र चन्द्रमामा मानब पाइलो टेकाउने उद्देश्य पनि पुरा भएको थियो | मे २५, १९६१ मा संसदको संयुक्त सदन लाई मन्तब्य दिँदै उनले भनेका थिए "I believe that this nation should commit itself to achieving the goal, before this decade is out, of landing a man on the Moon and returning him safely to the Earth." यसैको लागि नै सन् १९६१ देखि एपोलो प्रोजेक्टको सुरुवात गरिएको थियो |



संग्राहलयको थप फोटो हरु :







सन् ६० र ७० को दशकमा एपोलो प्रोजेक्टमा प्रयोग गरिएको ३६३ फिट अग्लो Saturn V रकेट | हन्स्भिल सहर कै चिनारीको रुपमा रहेको यो रकेट झन्डै ३६ तले घर बराबर अग्लो छ |






स्पेस सुट




निल आर्म्स्ट्रंगको नमुना हात (बिस्तृत बिबरण तलको चित्रमा)








अन्तरिक्ष प्रोजेक्टमा प्रयोग गरिएको एक रकेटको नियन्त्रण बोर्ड




सो संग्राहलयको एक शाखा भवन








नमुना अन्तरिक्षयात्री





एपोलो प्रोजेक्टमा प्रयोग गरिएको रकेटको आगाडीको हिस्सा




रकेट जमिनबाट उड्दा ताका यात्रीलाई हुने अनुभब दिलाउन बनाईएको Rocket Lunching Simulation







"गाह्रो रहेछ अन्तरिक्षमा बस्न" - अन्तरिक्षमा भोगिने बास्तबिक दबाबको अनुभब दिलाउन बनाईको Space Simulation अनुभब गरेर फर्कंदै एक सहभागी





अर्का एक नमुना अन्तरिक्ष यात्री ..चन्द्रमाको सतहमा गाडी कुदाउँदै


र अन्त्य मा घुम्दा घुम्दा थकित म




22 Comments:

Bednath Pulami said...

दामी रहेकोछ पोस्ट - मज्जाले नै घूमघाम गर्नु भएको रहेछ | मिलन जी लाइ धन्यबाद ! जानकारी मूलक र रोचक खुराक को लागी र मलाई पनी हेर्ने मौका जुराई दिनु भएकोमा |

wordflows said...

जानकारी मुलक लेख राम्रो छ। मज्जाले घुम्नुभएछ थकित हुनेगरी

Sujan Sharma said...

मिलन जी, सुन्दर तथा जानकारी मूलक पोष्ट बाड्नु भएकोमा धन्यबाद !

DEEPENDRA said...

Thanks for sharing your experiences. Liked the pictures and description. Indeed a good post!

Dilip Acharya said...

रोचक र रोमाञ्चक रह्यो यो टाँसो मेरो लागी पनि ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

अन्तरिक्ष यात्रा सम्बन्धी रोचक जानकारी पाइयो, अन्तमा आफु थकित भएर पनि हामीलाई तस्विर सहित यात्रा गराउनु भएकोमा मिलानजी लाइ धन्यवाद! तर अनुहार हेर्दा त्यस्तो थकित देखिनु हुन्न है।

Jotare Dhaiba said...

पहिले त बधाई छ है !
धरती नछाडे पनि त्यससम्बन्धी सरसामग्रीसँग नजिकको नाता गाँस्नुभयो । यो बाँडीचुँडीबाट आधाउधी त हाम्रा आँखा पनि उघ्रन पाए ।
'घच्ची' रह्यो यो प्रस्तुति ।
धन्यवाद छ ।

Basanta said...

धन्यबाद मिलन! आफैंले घुमेजस्तो भयो। बेला-बेलामा यस्ता ज्ञानगुनका कुरा जाँदै गरोस्।

सिकारु said...

जानकारीमुलक अनि रमाईला तस्विरको साथमा पस्कनु भएको टाँसोको लागि धन्यबाद मिलन जी ।

खुल्लामन्च said...

Great Post. Thank You, MIlan Sir.

दीपक जडित said...

रमाईलो भ्रमणको बयान सचित्र गर्नुभएको रहेछ । रमाईलो लाग्यो तस्विर हेर्दा । मैले निक्कै अगाडी यसबारे खोजीनीति गर्दा Mythbuster को यो भिडियो हेरेको थिएँ - http://www.youtube.com/watch?v=Wym04J_3Ls0 साथै यस सम्बन्धमा गुरु गुगलले पनि निक्कै जानकारी दिनुहुन्छ , त्यसमध्येको यो यौटा लिँक - http://www.badastronomy.com/bad/tv/iangoddard/moon01.htm . हो कि होईन लाई हामी हो भन्दै त छैनौ ? मलाई त शँका गर्ने बानी लागेको छ आजभोली ।

Milan said...

संयोगले अहिले जुलाई महिना परेको छ - अर्थात चन्द्रमामा पाईला टेकिएको (भनिएको) दिनको ४० औं बर्षगाँठको छेउ छाऊ | यसै सन्दर्भमा आजको हन्स्भील टाईम्समा 'एपोलो ११ स्पेसल' दिइएको रहेछ | त्यसमा एक स्तम्भकार भन्छन ... एपोलो ११ का यात्रीले चन्द्रमामा पाईला टेके भनिएको बेला उनी टिनएजमा थिए रे तर त्यों कुरालाई उनकी बूढी आमाले कहिले पनि पत्याईनन रे | र आज पनि धेरै बुढा बूढी अमेरिकीहरु त्यों घटनालाई अबास्ताबिक मान्छ्न रे |

सत्य के हो मलाई थाहा छैन, तै पनि चन्द्र सतहको १९६९ मा तयार गरिएको फोटो र अरु उपलब्ध सामग्री हेर्दा धेरै हद सम्म पत्याउन कर लाग्छ |

friendly guy said...

Really interesting post milan jee.But how do u think about the rising controversy of anding in moon as fake???do u think that Neil Armstrong landed in moon?Watching the real videos by nasa in youtube i conclude that the moon landing is fake.why?coz:
1)There is not wind in space as it is vaccum,but how comes the waves of flag in moon?(flag is waving in moon shown in video)
2)Have you ever looked in the video, the shadow formed(Neil Armstrong and the air craft)are in opposite direction..how comes that?
I never believe this but what i heard is that with the telescope of $100 is worth enough to see the American flag in moon and iam trying to figure out that soon....

Shiva Prakash said...

मिलन भाइ
मनको कुरालाइ बाँधी नराख । ब्लग राम्रो छ, जानकारीमूलक ।

Eternal said...

Really intersting pictures....wonderful...Milan ji

रंजीत said...

It's Nice. Good post

हावा The Wind said...

"..a giant leap for the mankind" ..तर कसरी ? तेसो भए नागासाकी को एटम बम्ब पनि त giant leap हैन र ?

दिनेश राज said...

धन्यबाद मिलन जी ,
घरै बसिबसि , अमेरिका अनि आधाउधी चन्द्रमा पनि पुगियो । ज्ञानबर्धक लेख ।

Anonymous said...

दामी छ मिलनब्रौ॥अम्रीका नै गा जस्तो भो फोटा देर्दा…ह.................


bimal

दूर्जेय चेतना said...
This post has been removed by the author.
दूर्जेय चेतना said...

मैले धेरै पटक हेरे तपाईले राकेको फोटोहरु। यो समाचार बिगत केही समय यता खुब चर्चको बिषय भएको छ। हुन त ४० औ बर्षको कारणहोला, त्यो भन्दा पनि सार्बजनिक जिबनबाट टाडा बसिरहेका निल को कारण। मैले पनि वासिनंटन डि.सी.जादा केही हेर्ने मौका मिलेको थियो र म आफै पनि छ्क्क थिए निल ले चडेको रकेटको टु्क्रा हेर्दा। फेरि पनि हेर्ने मौका मिलाई दिनु भएको मा धन्याबाद है।

दूर्जेय चेतना said...

लौ म त फेरि आएर फर्किए है मिलनजी।