नेपाली ब्लग संसारको दायरा दिन दुगुना रात चौगुना बढ्दै गएको यथार्थलाई मध्यनजर गर्दै यसलाई अझ ब्यबस्थित र मर्यादित बनाउनको लागि नेपाली ब्लग प्रति समर्पित निम्न बमोजिम योग्य टिप्पणीकारको आवश्यकता महसुस गरिएको छ |
--------------------------------------------
पद : टिप्पणी अधिकृत (श्रेणी क)
न्युनतम योग्यता :
१. नेपाल सम्बन्धि मामिलामा दख्खल राख्ने
२. गत ६ महिनाको आँकडामा औसतमा दैनिक कम्तिमा ३ "टिप्पी" दिएको
३. हुँदै नभएको कुरालाई बढाई चढाई गरेर बेलुका सम्बन्धित ब्लगरलाई ऐना हेर्न बाध्य बनाउने बिशेष क्षमता भएको
४. कुनै साधारण पोष्टलाई संसार कै अव्दितीय सिर्जनासंग साँच्चै हो नै जस्तो गरेर तुलना गर्न सक्ने खुबी भएको
५. राम्रो, नराम्रो, कुरूप, सुरुप हरेक पोष्टलाई "अति सुन्दर" बताउन सक्ने क्षमता भएको |
---------------------------------------------
पद : टिप्पणी अधिकृत (श्रेणी ख)
न्युनतम योग्यता :
१. नेपाल सम्बन्धि मामिलामा दख्खल राख्ने
२. गत ६ महिनाको आँकडामा औसतमा दैनिक कम्तिमा ३ "टिप्पी" दिएको
३. हुँदै नभएको गल्ति खोजि खोजि निकालेर ब्लगरलाई आच्छुँ आच्छुँ पार्न सक्ने खुबी भएको
४. नकारात्मत टिप्पणीमा कलात्मक रुपमा गलत शब्द प्रयोग गर्ने बिशेष क्षमता भएको
५. जुनसुकै ब्लगरको सहि मुल्यांकनलाई पनि तर्क वा शब्दको माध्यमबाट गलत बनाई दिन सक्ने क्षमता भएको
तलब सुबिधा :
- ब्लगर र अन्य टिप्पणीकारले गरेको तपाईंको टिप्पणीको स्तर मुल्यांकनलाई आधार मानि तलब गणना गरिने छ |
- ख श्रेणीको टिप्पणी अधिकृतको हकमा, जसले टिप्पणी कै माध्यमबाट कुनै ब्लगरलाई ब्लग बन्द गरि चुपचाप बस्न बाध्य बनाउँछ, नेपाली ब्लग जगतमा उसले दिएको योगदानको उच्च कदरगर्दै उसको आधारभूत तलबको डेढा बराबर हुन आउने गरि रकम गणना गरिने छ |
- जुन दिन देखि ब्लगरले ब्लग चलाए बापत पैसा कमाउन थाल्नेछन ... त्यसको भोलिपल्ट देखि तपाईंको खातामा रकम जम्मा हुनेछ |
दरखास्त दिने तरिका :
यहि पोष्टको कमेन्ट बक्समा गएर श्रेणी नछुट्याई कमेन्ट लेख्नु होला | तपाईंले गर्नु भएको कमेन्टको स्तरको आधारमा सम्बन्धित श्रेणीमा पर्ने गरि तपाईंलाई सर्टलिस्ट गरि अनलाईन इन्टरभ्युमा बोलाईने छ |
नेपाली भाषा पनि जानेको र ब्लगर वा वर्डप्रेसमा कुनै न कुनै एकाउन्ट भएको निवेदकलाई बिशेष ग्राह्यता दिईनेछ |
(नोट : जसले राम्रो कुराको समर्थन र नराम्रो कुराको सभ्य भाषामा बिरोध गरेको छ, उसले सर्ट-लिस्टेड हुने र जागिर पाउने कुरा सपनामा पनि नचिताए हुन्छ | )
Unable To Access Control Panel in Vista ?
44 minutes ago

17 Comments:
मलाई त टिप्पणी लेख्नै मुखमा ताल्चा लगाए जस्तो, हात बाँधिएँ जस्तो भयो मिलन जी ! :) यही कमेन्टले नियुक्तिमा परेँ भने त भाग्य नै बन्छ नि ! आफू फेरि धेरै खुसी भएपछि सहन नसक्ने मान्छे, फ्याट्टै 'उपर' गइयो भने !!!
हत्तेरी के गर्या यस्तो फसाद ??
पछिल्लो समयमा शालीन व्यङ्ग्यवाणमा अर्को कडी लाग्यो यो प्रस्तुति । गजब छ । अलि 'योग्यता'को दायरा भने आकर्षक र विविधता भएन है ! यो चाहिँ नभएको खोट खोजे जस्तो भयो कि क्या हो ?
Jotare Dhaiba जी तपाइले apply गरी हाल्नु भयो । तपाइ नियुक्तिमा परिहाल्नु भयो र धेरै खुसी भएर फ्याट्टै 'उपर' गइहाल्नु भयो भने तपाइको श्रढ्धाजलि को लागि हामी सम्पुर्ण blogger हरुले एक दिन blog बन्द गरिदिउला।
म चै apply नगरुम् क्यारे। आफु त झनै BP को रोगी shortlisted मै परेर फ्याट्टै 'उपर' गए भने।
योग्यताको आधारमा आफु त उत्कृष्ट पर्ने छाटकाट देखियो, यसपाली चाही भाग्य बन्छ कि के हो? अरु कुरा सुरा थाहा छैन यो जागीर जसरी नि खाने पर्यो भनेको अन्तिमको नोटले त अलमल पो पार्यो, हैन ब्लगमा नि सरकारी कार्यलयमा जस्तै हुन् थाले छ नि त । त्यसैले अप्लाई नगरेकै जाति ।
खै म पनि योग्यतालाई आधार बनाएर दरखास्त हालु की भन्ने बिचारमा त थिए तर त्यहि अन्तिमको कुराले बिगार्छ कि जस्तो लाग्यो मलाई पनि । त्यसिले अब सोर्स फोर्सको लागी ब्ल. नेता गूहार्नु पर्ला जस्तो छ ।
ख्वै के ख्वै के ?
टिप्पणी लेख्दा पनि पो जागिर पाईएला भन्ने डर हुने भो त । अघिल्लो पोष्टमा बेस्सरी तानेकोले निस्केको जस्तो छ नि यो ? (छन चैं गजब रमाईलो छ है भन्न मन लागेको हो तर जागिरे भईएला भन्ने पिरले नभनेको मैले त )
काम नपाएर ब्लगिड. गरेको हो भन्ने कुरा धेरै सुनेको थिए तर आज ब्लगको लागि नै यत्रो आवश्यकता चाँहि पहिलो पटक सुन्दै छु। जे होस बलगको क्षेत्रको बिकास हुदै छ। बरु मिलनजि काम गर्ने ठाउँकहा हो? पाएक पर्ने रहेछ भने विचार पुराउनु पर्ला्। त्यसो त म नयाँ हुँ यो क्षेत्रमा त्यसैले पुराना अनुभबी साथीहरुको अगुवाईमा यो काम भयो भने राम्रो होला। हा हा गजब छ ल यो बिज्ञापन।
हा हा हा !टाँसो गज़बको लाग्यो।
अब आफु त यो क्षेत्रमा नयाँ नै छु त्यहि भएर निवेदन हाल्ने तर्फ चै नलागुम क्यार !!बरु पुराना र अनुभबी साथीहरु लाई नै अवसर दिनु होला।।
म पनि हाल्दिन निबेदन सिबेदन एस्तो निबेदन कती हालियो हालियो ..मिलन जी ले आफ्नो मान्छे छिराई सक्नु भाछ.. यो बिज्ञापन नियम पुर्यौन देखावटी मात्र गरेको हो.. अझ पछी अन्तर्वाता सुल्क पनि होला.. का खोज्न जानु पछी मिलन जी लाई अम्रिका मा
पुनस्च: धाइबा जी, तपाईं ले जागीर को लोभ गर्नु भाको रैछ होस् गर्नु है.. पछी हास्यो भनेर रिसाउन पाईदैन नि फेरी
लौ ! ओहो !! म त झण्डै छुटेको नि !!!
एप्लीकेसन लगाईं हालौ न त कतै ......मिलन जी ले चीनजानको मान्छे भनेर सेलेक्ट गरिहाल्नु हुन्छ की ?
हा हा हा! निकै दह्रो ब्यंग्य गयो हाम्रो 'शिशु' नेपाली ब्लगजगत माथि। यो टिप्पी शब्द चोटिलो लाग्यो।
स्थिति त्यस्तो निराशाजनक पनि छैन तर अलि-अलि बढाईचढाई नगरी हास्यब्यंग्य बन्दैन। अरु पनि जाओस्!
हाम्रा काका समानुपातिक सभासद भा'हन । तपाईंको फुन नम्मर दिनुरे । घराँ फुन गर्ने रे । जागिरलाई ।
मिलन जी, खै के टिप्पणी लेख्नु मेरो त मुखै टालियो । आफु पनि 'टिप्पणी अधिकृत'मा दरखास्त दिनुपर्छ होला योग्यता पुग्ला नि नपुग्ला ? ब्लगिङ्ग क्षेत्रमा प्रवेश गरेको पनि भर्खरै मात्र हो । के गरौं खैं ?
बिज्ञापन असाध्यै घत लाग्यो मलाई । अझैपनि मैले राम्रो कुराको समर्थन र नराम्रो कुराको सभ्य भाषामा विरोध गर्न जानेकै छैन् । सायद विचारको मन्थन भएको कारणले होला । कहिलेकाँही त यो दिमागै चल्दैन् मेरो त । के लेखौं ? के लेखौं ? हुन्छ भन्या । योग्यता पुर्याउँदै टिप्पणी लेख्न सिक्दैछु ।
धन्यबाद टाँसोका लागि ।
जागीरको लोभ भएर के गर्ने यस्तो खालको जागिरमा गफ लडाएर hiring भइ गइयो भने पनि स्वभावत: एकदिन firing हुने पनि निश्चित छ | बरू बेलैमा सिधा साधा जागीर खोज्नु पर्ला,कमसेकम बेला न कुबेला बेरोजगारी त हुनुपर्दैन | बरू यसै सही | मिलनजी ल आफै अघाउन्जेल खानुहोस तपाईंको जागीर |
फेरी म ब्लगमा अलि अल्छी पनि छु भन्ने त थाहा नै छ नि हैन ? जुन दिन मैले ब्लगमा धेरै मेहनत गर्नुपर्ने रहेछ भन्ने थाहा पाएँ त्यो दिनदेखि त्यति मेहनत नै गर्न पनि छोडेको छु | बरू सिजापतिको जस्तो आलु खेती गर्दा पो फाइदा होला कि ?
मेरो कुरा यस्तै हो | यो ब्लगमा कमेन्ट यस्तै लेख्दा स्वस्थकर होला | किनकि सबै साथीले हेर्न सक्छन ,मान्छे भड्काउने तरिका सही छ नि हैन | मिलनजी नरिसाउनु होला | म एउटा गोप्य दरखास्त त जरूर हालूँला तर गोप्य भनेपछि गोप्य नै हुनु पर्छ नि | तर माथिका कमेन्ट लेख्ने साथीहरूले पहिले नै कुरो बिताए जस्तो छ | आ जेसुकै होस् |
सोर्स-फोर्स, अनुभब , निबेदन शुल्क देखि फाईरिंग सम्मका कुराले साथिहरुलाई चिन्तित बनाएछ | मेरो चिन्ता चाहिँ नेपाली ब्लगिंग क्षेत्र रोगि पनि रहेछ भन्ने थाहा पाएर बढेको छ |
धाईबा जी र wordflos जी : मुटु दह्रो पार्नुस ... केहि हुँदैन .. ! B +ve
कृष्णजी : अब गोरखापत्रको बिज्ञापनमा नि यस्तै खाले वाक्य थपी दिनु पर्छ ... सोझा साझा नेपालीलाई सरकारी जागिर पाइ पो हाल्छु कि भन्ने छुक छुक त हुँदैन...
सिकारुजी, हावाजी, बेदनाथजी र सुशीलजी : सोर्स फोर्सको जमाना गयो...कम्तिमा ब्लगबाट | अब सोर्स नहुने ले चिन्ता र हुनेले खुशी हुने चान्स छैन..
दुर्जेयजी, सुजनजी, राजेशजी : अनुभबले यसमा ननिस्के नि चिन्ता नगर्नु होला ... ब्लग लेख्दै गर्नुस अनुभब आफैं थपिंदै जान्छ
दिपक दाइ, बसन्त दाइ : धन्यबाद है कमेन्टको लागि | यो टिप्पी भन्ने शब्द दिलिप दाइको ब्लगमा मैले पहिलो पल्ट देखेको थिएँ | मन परेकोले यता सारेको हुँ |
अनि मणि जी : ब्लगमा अल्छी गरेर हुँदैन | तपाईंको योग्यताले जागिर पाउने देखिएन .. झुक्किएर पाई हाले पनि यस्तो तालले फायर हुने निश्चित छ
-------
फेरी एकपटक कमेन्टको लागि सबैलाई धन्यबाद |
यस्तो जागिर खाएर आफ्नै बदनाम मात्र हुने होइन ... नेपाली ब्लग जगतलाई नि गोल्खाडी तिर लाने निश्चित छ | म आशा गर्छु बरु हामी सबै बेरोजगार नै सहि यस्तो जागिर कसैले कहिल्यै पनि नपाउन / नखाउन
कहिले काहि ढिला हुनु पनि राम्रो हुदो रैछ हो । म्याद त फुस्कियो होला नि ।ठिक छ निबेदन हाल्ने र चयन हुने साथिलाई हुनु भएछ भने ।
म चाहि तत्काल लाई त्यतातिर लाग्ने खुबि बनाउन तिरै लागि रा छु अनुभव पुगेपछि त पाइएला नि ।
हाहाहहा.....
मलाई त यहाँ साथीहरूले झ्याइँकुटीमा बेरबार पारिसक्नुभा'रैछ बा !
मैले अन्तै जागिर पाइसकेकोले बाँकी उम्मेदवारहरूले वर्णानुक्रम अनुसार पालो आओस् भन्नेमा छु ।
जय होस् ।
Post a Comment