Pages

साला ! क्याम्पसको साडी जस्तो जिन्दगी...

Friday, June 19, 2009

फोटो श्रोत : sikhiwiki

१. खै किन हो अचेल भरि मलाई तान्न सारै गाह्रो हुँदैछ


अँट् ... अँ.... ट्

अँह छैन

अँट्

अँट्

मरे निस्किएन

अँट्

अँट्

जति तान्न खोजे नि तानिदैन

के गर्ने ?

अँट्

अँट्

हैन के भा यस्तो...

अँट्

अँट्

यसपाली फेरी केमा अड्केछ

मोरो शब्द !!

अँट् अँट्


२. हुन त बातावरण नि चाहिएला

उहिले उहिले ऋषि मुनि
सगरमाथामा लेख्थे

त्यहाँ नफुरे कन्चनजंघामा लेख्थे

त्यहाँ नि नफुरे
धौलागिरी, माछापुच्छ्रे, लोत्से, नुप्से
त्यहाँ नि नफुरे
अझ अरु नै
तर कहिँ न कहिँ पुग्थे पुग्थे

उहिले उहिले रिसी मुनि माटामा लेख्थे
त्यहाँ नफुरे पातमा लेख्थे
त्यहाँ नि नफुरे पाटि, पौवा, रुख, जरा
त्यहाँ नि नफुरे
अझ अरु नै
तर केहि न केहि खोज्थे खोज्थे

तर अहिले म

सँधै उही पुरानो अपार्टमेन्ट
सँधै उही पुरानो कुर्शी
अनि सँधै उही पुरानो ल्यापटप

अनि फुर्ला कसरि !!!


३. अचेल दिक्क छु म जिन्दगी देखि...

बिहान उठो
पहेंलो दाँत टल्कायो
दुई पाउरोटी भित्र अलिकति साग हालो
अनि टन्न अघायो ..

दिनभर पहाड पर्बत पल्टायो
अनि सुल्टायो
र फेरी उल्टायो

अनि बेलुकी लखतरान हुँदै
उही पुरानो डेरा जमायो

जाँड तन्न तान्यो, सुत्यो...

साला ! क्याम्पसको साडी जस्तो जिन्दगी...

14 Comments:

श्याम सखा 'श्याम' said...

वाह सैब थारो अन्दाजे बयां अलगै व्हैगा
खैर मनि करे तौ
खैर
‘.जानेमन इतनी तुम्हारी याद आती है कि बस......’
इस गज़ल को पूरा पढें यहां

http//:gazalkbahane.blogspot.com/ पर एक-दो गज़ल वज्न सहित हर सप्ताह या
http//:katha-kavita.blogspot.com/ पर कविता ,कथा, लघु-कथा,वैचारिक लेख पढें
और हां
word veri...यानि यह बैरी हटाएं
श्याम सखा

B.J. Dummali said...

वाह दामी छ ब्रो, म त यो अँट,, अँट भन्ने शब्दले हसायो पनि शायद म भिज्ञ अनभिज्ञ भएर नै होला धेरै राम्रा छन मित्र तपाईको प्रयासहरु।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

टाँसो गज़बको लाग्यो,
यी मलाइ त के हो फुर्यो मित्र ....... ( हाँस्न नपाइ )

ग्रन्थ/काव्य ऋषिमुनि, ब्लगर लेख्छ टाँसो जस्तो
मिलनजीको टासो पढ्दा छुट्छ ओठमा हाँसो जस्तो

जस्तो हुन्छ टाँस्दै जाम, बब्बाल लेख्दै गरम....
अँट अँट जाँडको ताल, जड्याहाको "नासो" जस्तो?

तर पोस्ट चाही बब्बाल गयो है, अँट अँट गरेर भए पनि ।

Milan said...

लौ कृष्ण जी !!! शायरीको लागि धन्यबाद ... मलाई नि उहिले स्कुलमा नयाँ बर्षको पोष्ट कार्डमा शायरी लेखेको सम्झना ताजा भएर आयो...

श्याम सखा 'श्याम' जी र B.J. Dummali जीको प्रथम पाईलालाई दिल खोलेर स्वागत छ है ..

राजेश "अनलाइन खसखस" said...

तपाईका टाँसो मलाई एकदम घत लाग्यो । साला ! जीन्दगी एटम बमको त्रासमा बाँच्नुपर्ने ।


धन्यावाद

दीपक जडित said...

हा.. हा.. हा.. तपाईंको अँट चैं साह्रै हँसाउने रहेछ । जिन्दगी चैं क्याम्पसको सारी जस्तो रे ? भनेपछि सुन्दर नै रहेछ त नि ।

wordflows said...

"साला ! क्याम्पसको साडी जस्तो जिन्दगी..."
अत्ति भयो ल मिलन जी।
हा हा जे होस् रमाइलो छ।

दूर्जेय चेतना said...

मैले त कुरै बुझिना हो यो सारीको कुरा। मैले चाँहि आफ्नै पाराले बुझे ।। माफ पाउ है।
क्याम्पस जिबन चाहि रमाईलो नै हुन्छ तर यो सारी चाँहि कुन कयाम्पस को हो कुन्नि ?
म त यो अँट अँट कुराले हासो अनि रमाईलो लाग्यो।।।गजब लेख्नु भ ल।

Jotare Dhaiba said...

उफ् !! हाँसेर कायल !!! अँट‍् अँट् कनेकै भए पनि रमाइलो लागे तीन टुक्रा सायरी ।

सारीको कुरा चाहिँ अलि बुझिनँ मैले पनि । क्याम्पसको सारी जस्तो भन्नाले लवाइ अलि नमिलेको, ढाँचा नसुहाएको भन्या कि के हो ?

Milan said...

उहिले उहिले लुगा जुत्ता किन्न बजारमा जाँदा कुनै चलेको फेसनको सामान आफ्नोमा छैन भने पसले भन्थे : "हैन भाइ किन त्यै लाउनु पर्यो सँधै ... क्याम्पसको साडी जस्तो... सँधै उही सबैले उही ... आफुले त केहि भिन्न नयाँ पो गर्नु पर्यो त !"

हरेक दिन दोहरिरहने उही जिन्दगी माथि व्यंग्य गर्नको लागि मैले सकी नसकी कनेरै भएनी त्यै कुरा यहाँ व्यक्त गर्न खोजेको हुँ |

अनलाईन खसखसका राजेशजी, दिपक जडितदाइ, wordflows जी, दूर्जेय चेतनाजी र जोतारे धाइबाजीलाई कमेन्टको लागि हार्दिक धन्यबाद छ है !

Basanta said...

रमाइलो रहेछ!

हावा Hawa said...

हैन मीलन ब्रो, अँ... क्याम्पस् को साडी भनेपछी तपाईंको लिंग पो कन्फ्युज भो मलाई...फोटो मा त दारी पनि छ बा.. खाको सुरमा त लेखेको हैन ब्रो

साक्ष्यात सुशिल said...

मिलन जि ,
सुरुमा अँट अँट अँट अँट गर्दा त मलाई कुनै आपत्ति जनक द्रिश्यको बर्णन जस्तो लाग्यो । धन्न बचेँ ।
आखिर बिदेशी जिबन त सबैको त्यस्तै नै रहेछ नि । मेरो हालत यो कबितामा छ ।

हिजो बाँसको फिरफिरे लौरीमा उनेर
कन्ला उकाली ओराली दौडिंदा,दौडेर लड्दा,फेरी उठ्दा अनि ठोक्किदा
कति रोमन्चित हुन्थ्यो मेरो मन
आज युरोपको एक्लो ब्यस्तपनामा
प्ले स्टेशन र निटेन्डोको बटन जती दबाए पनि निरास छ मेरो मन

डढेको कालो बाक्लो कोदोको रोटीमा
तप तप घ्यु दलेर आमले मलाई कम र भाईलाई बढी दिंदा
कति डडिन्थ्यो मेरो मन रोटी नसकिन्जेल चपाउँदा
यता पाउरोटी को बाक्लो चाङमा
चिज,बटर,सस र मासुका सपेटा तल्ला तल्ला मा राख्दा पनि
मुखमा पानी आउन छोड्यो साथमा खाने कोही नहुंदा

पुस माघ को चिसो सिरेटोले
च्यातिएको भोटोबाट सोझै ढाड सुम्सुम्याउँदा
कति याद आउथ्यो त्यो मकल अनि अगेंना
अहिले सुकिलो सुट पाइन्ट माथि बाक्लो ज्याकेट भिर्दा पनि
मन मेरो चिसै छ, न ताप्ने मकल न अगेना

जेठ महिनाको गोधुली साँझमा
आँगनमा बसी मकै छोडाउँदा
मकै राख्ने बहानामा कहिले झुक्किएर त कहिले जानेर
उनको स्तनमा स्पर्श गर्दा
आधा घण्टा सम्म मकैमा ध्यान जान्न्थ्यो
खै किन जिउ तातो भइरहन्थ्यो
अहिले वरीपरी सबै नाङ्गो तन नाङ्गो,मन नाङ्गो,बचन नाङ्गो
तै पनि मेरो मन चिसो छ
छि:चरित्र कति उदाङ्गो

टुकिको धमिलो प्रकाशसँगै ढाड बिजाउने खाटमा
हजुर आमाको परीको कथा गुन्जिन्थ्यो
परी आउँछिन,माया लाउँछिन, साथ दिन्छिन
परीको कल्पनामा आँखा झिमिक्क भएको पत्तो हुन्थेन
अहिले चखिलो बत्तिको बीचमा
जब नरम डस्नामा पल्टिन्छु
कोठा भरी फैलिन्छ नितान्त एक्लोपना र सुन्यता
खै परी कहिले आइनन,माया कहिले लाइनन


तर मैले क्याम्पसको साडी अर्थ अझै बुझिन । लगाउन नपर्ने भएर हो कि ?

Avinashi said...

Campusko sadi....thats a good name indeed