संबिधान सभालाई खुला पत्र

Sunday, June 7, 2009
सम्माननीय अध्यक्ष ज्यू
संबिधान सभा
काठमाडौँ नेपाल,

लोक सम्मतिको आधारमा राज्य व्यबस्था संचालन गर्ने नेपालको शासकीय परम्परा रहेको र हालैका बर्षहरुमा भएको बिभिन्न आन्दोलनको मागलाइ सम्बोधन गर्ने क्रममा संबैधानिक रुपमै मुलुकलाई बिभिन्न भागमा चिरा चिरा पारी संघीय प्रणालीमा जाने कुरामा आम सहमति बनिसकेको परिपेक्षमा जुन आधारमा भए पनि सहमति बनाई देशलाई बिभिन्न राज्यमा टुक्रा टुक्रा पार्दा :

१. यदि जातजातिको आधारमा राज्यको नामकरण गरे त्यो राज्यमा रहने अरु अल्पसंख्यक वा बहुसंख्यक जाति सन्तुष्ट नहुने र कालान्तरमा छुट्टै राज्यको लागि फेरी आन्दोलन गर्नु पर्ने स्थिति सिर्जना हुने हुनाले,

२. भाषा र धर्मको आधारमा नामकरण गरे एउटै भाषा र धर्मको बढी प्रभाब पर्न गई संघियताको वास्तविक लक्ष्य हाँसिल नहुने भएकोले,

३. ऐतिहाँसिक आधारमा नामकरण गरे यो एक्काईसौं शताब्दीमा चिर-प्रतिगामी कदम ठहरिन सक्ने भएकोले,

४. भौगोलिक आधारमा नामकरण गरे एकातिर जटिल भूभाग रहेकोले कालान्तरमा अप्ठ्यारो पर्ने र अर्कोतिर कतिपय नाम दोहरीएर जनतालाइ नयाँपनको आभाष नहुने भएकोले,

५. र यदि नदिको आधारमा नामकरण गरे बग्दै भारत पुगी अन्तिममा गंगामा नै मिसिने डर भएकोले,

जाति, धर्म, भाषा, ईतिहाँस, भूगोल, संस्कृति, नदी आदि जे आधारमा देशलाइ भागबन्डा गरे पनि नामकरण गर्दा चाहिं जनताको मनमा बस्न सक्ने दैनिक जनजीबनमा आधारित शब्द चयन गरियोस भन्ने हाम्रो आग्रह छ | यसको लागि केहि नमुना नामहरु यसप्रकार छन :

काठमाडौँ उपत्यका र छेउछाउ
काठमाडौँले धुलो धुवाँमा एसिया कै पहिलो उपाधि जितिसकेको, फोहोर पानीको समस्या दशकौं देखि जल्दो बल्दो रहेको र यिनै फोहोर पानी प्रदुषण आदिबाट नै जन्डिस जस्ता रोगहरु को सिर्जना हुने अनि ति रोगको उपचार र स्वास्थ्यकर जीवनयापन लागि पनी औषधि र खाध्य पदार्थको रुपमा फलफुलको प्रमुख भूमिका रहिआएको परिपेक्षमा काठमाडौँलाइ रोगरहित र स्वास्थ्यकर जीवनको नमुना ठाउंको रुपमा बिकाश गर्नको निमित्त यदि केहि-कथम काठमाडौँ र सो वरिपरीको क्षेत्रलाइ समेटेर कुनै राज्यको धोषणा गरिए सो राज्यको नाम "मेवा स्वायेत्त प्रदेश" राखियोस |


पश्चिम पहाड
सदियौं देखि नेपाली खानामा गुन्द्रुक र त्यसको रसको प्रमुख भूमिका रहिआएको, र आधुनिक जमानामा पनी प्रमुख नेपाली उत्पादन चाऊचाऊको मध्यमबाट भएनी सुपको भूमिका अझै जीवित रहेको सन्दर्भमा पश्चिम पहाडको क्षेत्रलाई समेटेर कुनै राज्यको घोषणा भएमा त्यसको नाम "रस प्रदेश" राखियोस | यसबाट चोक्टा र झोलको पुरानो नेपाली उखान चरितार्थ हुनुको साथै आधुनिक जमानामा चोक्टा अन्त कतै रहेको हुँदा सो क्षेत्रलाई रस प्रदेशको रुपमा ब्यबस्थित गरे अझै सान्दर्भिक पनी हुने देखिन्छ

पश्चिम तराई
सुरा र सुन्दरी नेपाली पुरुषत्वको अभिन्न अंग रहेको तर अलिअलि गर्दै यो क्षेत्रका सुन्दरी जती बम्बई पुर्याई सकेको परिपेक्षमा कम्तिमा सुराको मात्र भएनी प्रतिनिधित्व गर्नको निम्ति र बिहान बेलुकी रक्सिले टिल्ल पर्ने अल्पसंख्यक नेपाली जनताको अधिकार रक्षाको निम्ति यो क्षेत्र "दारुवान प्रदेश" को रुपमा घोषणा गरियोस |

दक्षिण नेपाल
आधुनिक नेपालमा आन्दोलन, दवाब, प्रभाब, द्वन्द, पेशा, व्यापार, राजनीति हरेक कुरा चाँडो पाक्ने प्रमुख क्षेत्रको रुपमा नेपालको समतल भूभागको महत्व बढ्दै गएको र परम्परा देखि नै नेपाली समाजमा स्वादिलो सब्जी पकाउनको निमित्त ब्यापक रुपमा कराईको प्रयोग गरिँदै आएको सन्दर्भमा यदि सम्पूर्ण समतल भूभाग मिलाई एक प्रदेशको निर्माण गरिए सो क्षेत्रलाई स्वादबिहिन भात पकाउने भाँडो वा कुकरको आधारमा नगरेर मसलेदार तरकारी पकाउने कराईको आधारमा "कराई प्रदेश" नामकरण गरियोस |

दक्षिण पुर्बी नेपाल

यो क्षेत्रमा आफ्नो अधिकार रक्षाको लागि आदिबासी धिमालले आफ्नो सानोतिनो आन्दोलन चलाईरहेको तर माथि उल्लिखित कारण १ बाट जाति कै आधारमा राज्यको नामकरण गर्न उपयुक्त नदेखिएको, तर त्यो सम्भब नभए नि कम्तिमा श्रुति समभिन्नार्थक नाम राखे उनीहरुलाई आफ्नोपनको आभाष पनी हुने साथै सो क्षेत्रले प्रबधिमा केहि फड्को मारिसकेको परिपेक्षमा म जस्तो सो क्षेत्रमा स्थाई बासस्थान भएको प्रबिधि प्रेमी नेपाली जनताको चाहना पुरा हुने भएकोले सो क्षेत्र समेटी कुनै राज्य बनाईए सम्भब भए "जिमेल" वा नभए नि कम्तिमा "ईमेल प्रदेश" नामकरण गरियोस |

संबिधान सभाले संबिधान नबनाउन्जेल सम्म देशलाई कति भागमा चिरा चिरा परिने हो संख्या यकिन हुन सकेको छैन | कम्तिमा दुई देखि बढीमा अनिश्चित संख्यामा जस्तोसुकै आधारमा राज्यको घोषणा गरिए पनी नाम जुराउंदा नेपाली जनताको मन मस्तिष्कमा राज गर्न सक्ने नाम राखिए यो संबिधान सभाले सहि काम गरेको ठहरिन सक्थ्यो |

यी क्षेत्रका उपयुक्त नामका सारांश कृत नापनक्सा यो पत्र संगै प्रस्तुत गरेका छौं

भवदीय

ब्ल. मिलन






18 Comments:

Dilip Acharya said...

ल है! यो व्यङ्य पनि तगडा गयो ।

मलाई भने एकदमै चित्त बुझ्यो ल !! बर मिल्छ भने पत्रको अन्तिममा स्वेच्छाले सहभागी हुन चाहने अरु ब्लगरहरको पनि नाम थप्दै जाने कि?

Milan said...

दिलीप दाइले खतरा कुरा सम्झाउनु भयो |
----


मैले त सहि छाप गरि सकें ... तपाईंको के छ नि विचार साथि ?

अनि अरु राज्यका सम्भावित नाम भए नि थपेर पठाउँ है ...

wordflows said...

also put my signature

दूर्जेय चेतना said...

मलाईपनि अब ब्लग प्रदेशको माग नै गर्न पर्ला जस्तो लागेको छ त्यही पनि मेरो पनि नाम राख्नु होला पछी आफुलाई सम्रर्थन जुटाउन सजिलो होला हा हा हा। गजब कुरा लेख्नु भयो।

Jotare Dhaiba said...

खितखित भो है अति ! "आधुनिक जमानामा चोक्टा अन्त कतै रहेको हुँदा सो क्षेत्रलाई रस प्रदेशको रुपमा व्यवस्थित गरे अझै सान्दर्भिक पनि हुने देखिन्छ" भन्ने वाक्यले खूबै हँसायो र गम्भीर पनि बनायो ।

मेरो एक मत पनि जोड्नुहोला है यसमा । 'ब्लगान प्रदेश'को कतै नाम नदेख्दा भने खिस्रिक्क परियो ।
काठमाडौँलाई त छोइला-कचिला प्रदेश पो मिल्थ्यो कि क्या हो :)

ल है साथी हो, आफ्नो मुद्दालाई वजन दिन हस्ताक्षर अभियान थालौँ ।

यस्तै हो भने त एकदिन जाति र प्रदेशको मागदेखि सनक चढेर प्रत्येक ब्लगले ब्लगहरूको हूलमा आफ्नो छुट्टै इलाकाको लागि झिनाझप्टी नगर्लान् भन्न सकिन्न ।

chudamani said...

नेताहरूले यतातिर ध्यान दिएका थिए कि थिएनन् कुन्नि ! यो खुल्ला पत्रले भने केही गर्ला जस्तो छ |
पढ्दा हाँस उठ्दो भएपनि निक्कै गम्भीर पनि छ यो लेख |
व्यङ्ग्यले धेरै पिरोल्दै गयो र हाँस्य शिथिल बन्दै गयो भने जरूर यिनीहरूलाई दारूको सम्झना आउने छ | यिनीहरू धेरै काठमाडौँमा रहने हुनाले पश्चिम तराईलाई नभएर काठमाडौँलाई नै दारूवान क्षेत्र बनाउन यिनीहरूले सक्दो प्रयास गर्ने छन् | यसमा सबको खबरदारी जरूरी देख्छु म |
केही शिप नलागेपछि रेन्डम्ली सेलेक्टको कुरा झिक्लान , यसो भयो भने त झन बर्बादै हुन्छ |
यो खुल्ला पत्रमा मेरो पनि हस्ताक्षर भयो लौ |

Sujan Sharma said...

हा हा हा !!!झटारो गतिलै हान्नु भएको छ ।साह्रै राम्रो!

Prabesh Poudel said...

एकदमै खरो कुरा !!
यसमा मेरो पनि हस्ताक्षर आयो !!

Basanta said...

हा हा हा! गज्जब दनक गयो यार! यो मिलन भाइ अचेल निकै 'गफाडी' हुँदै आ'को छ। नेम्बाङ बूढाले पो पढे कि पढेनन् बरु:)

सिकारु said...

लौ मेरो पनि छाप लाग्यो है यो दिलिपजी बाट शुरु भएको मागपत्रमा । के हो मिलन जी निकै तगडा ब्यङकार भएर प्रस्तुत हुनु भयो नि? मिठो प्रस्तुति ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

जातीयताको आधारमा लिम्बुवान खम्बुवान थारुवान तमुवान जस्ता अनेकौं "वान"हरुको प्रस्ताव विचाराधीन रहेकै बेला निश्चित थातथलो नभएका राउटे जातिले भने जातिबाट नभै कर्मथलोको आधारमा स्वायत्त प्रेदेशको माग गरेका छन रे " खोलाको तीर वा बगर उनीहरुको कर्मस्थल भएकोले उनीहरुले "बगरवान" माग गरेका हुन् ।

यहि मौकामा विशेष घुसपैठ गरि श्रुति समभिन्नार्थक वा "बाइ मिस्टेक" भन्दै "ब्लगरवान" झ्याप पार्ने कि साथी हो के छ बिचार? जसरि हुन्छ हामिलाइ नि एउटा राज्य त चाहियो नि हैन र?

साक्ष्यात सुशिल said...

मिलन जि,
दारुवान प्रदेश खुब चित्त बुझ्यो । अझ मेवा स्वायत्त प्रदेशको कुरै नगरौ । राम्रो छ ।

आकार said...

ढिलै आएर भने नि, लास्टाँ हस्ताक्षर धस्काँए है, मैले पनि !

Surath Giri said...

ब्यङ्य राम्रो लाग्यो ।

sujit mainali said...

Dherai ramro, hamra neta ko cerebral cortex ma tapai ko sabda duchos.

रंजीत said...

Great satire with great thought.

Milan brother, I am happy that you like " do patan ke bich". Actually I am trying to convey Ground socioeconomic Picture of Sub-himalyan Range ie Nepal and North India. Your suggestion will help me.
Thanks
Ranjit
Ranchi-Supaul (India)
my e-mail Id is ranjitkoshi1@gmail.com

Nepal Treks said...

samagra ma herda blog dherai ramro chha. tara ajai dherai garna baki chha. gardai janus pareko ma behoraula


dhanaybad

Nepal Travel said...

Malai sarai khusi lageo. tapaiko prayas dherai ramro chha. bistarai ramro hunchhh