अब ब्लग पार्टीको सर्कार

Wednesday, July 7, 2010

(फोटो श्रोत: नेपाल सरकार, ब्लग्स्पोट, वर्डप्रेस, नेपाली ब्लगर / चलाखी : मिलन)


राज्यको माग त पहिले नै गरियो .... अहँ अहिले सम्म छाँट काट देखिएन ....मौकामा अब अब केन्द्र सरकार नै हान्दिने ... कि कसो ? लौ हेरौ हाम्रो नेतृत्व को सरकार.... ए...दलहरु .... तुरुन्त सहमति चाहियो.... 

मुख्य मुन्तिर : उमेश श्रेष्ठ
उप : के पी ढुंगाना
अर्थमन्त्री : डा. बाबुराम भट्टराई (अर्थमन्त्रीमा उहाँ भन्दा सक्षम ब्लगर मैले भेटिन है,अनि उहाँ अचेल खालि नै पनि हुनुहुन्छ)
गृहमन्त्री: दिलिप आचार्य
परराष्ट्रमन्त्री: बसन्त गौतम
साहित्यमन्त्री मण्डल : 
साहित्य मन्त्री जना मात्र राखेर मलाई नेपालको जस्तो नटिक्ने सरकार बनाउनु छैन | नेपाली ब्लागिंगमा धेरै जसो साहित्य मन्त्री कै दाबी परेकोले सबैको भाबना समेट्ने हो भने साहित्य मन्त्री मण्डल नै बनाउनु पर्छ |
जोतारे धाईबा
दिपक जडित
बिमल गिरी
मणी भट्टराई 
कृष्ण थापा
महिलामन्त्री: सुजन आचार्य
बालबालिकामन्त्री: प्रवेश पौडेल
बन, बोटबिरुवा मन्त्री : नेपाली अर्किड
बातावरण मन्त्री : चैतन्य अधिकारी
भू संरक्षण मन्त्री: बोर्डर नेपाल
पुरातत्व मन्त्री: सुष्मा जोशी
धर्म तथा संस्कृति मन्त्री : गणेश बिमली
संघीय बिरोधि मन्त्रि :  चौतारी
गीत संगीत मन्त्रि : मन्त्र
खेलकुद : खेल संसार
बिज्ञान : सुरेश भट्टराई
प्रबिधि : कृष्ण पोखरेल
युबा मन्त्री : आकार
कानुन, न्याय, संसदीय ब्यबस्था : नेपालियन
स्थानीय विकास मन्त्री: बिकाश ढकाल
पर्यटन मन्त्री: अनोज श्रेष्ठ
सिकारु मन्त्रि:  सूर्य प्रसाद
हुलाक मन्त्रि :  रातो खाम
हावादारी मन्त्री : हावा
अंग्रेजी मन्त्री :  दीपेन्द्र कुमार झा
अनलाईन मन्त्री : मकर
हिमाली प्रदेश मन्त्री :  लांगटांग

सरकार आफ्नो भएपछी सबै बिभाग आफ्नै ...


प्रश्न तथा अनुसन्धान बिभाग अमेत्य
चीन अध्यान केन्द्र : कलमबीर घोताने
भारत अध्ययन केन्द्र: दिपा चिटच्याट
महालेखा परीक्षक : दिलिप राज पौडेल
एन्फा: सकर नेपाल
जातजाती अनुसन्धान बिभाग : राजेश नतांश
महिला आयोगआरती लोरुहांग

अरु कुनै न कुनै मन्त्रालय वा बिभाग चलाएर बस्ने ...

दिपक अधिकारी
राम प्रसाद दाहाल
बिष्णु ढकाल
राजेन्द्र बिश्वकर्मा
मोहमद ताजिम
तपस थापा
उज्ज्वल आचार्य
अर्चना श्रेष्ठ
प्रकास
गोकुल ढकाल
ईना श्रेष्ठ
दिब्येंद्र होईजु
दीप श्रेष्ठ
नयाँ नेपाल
नरेन्द्र रौले
स्पन्दन
दुर्जेय
जीवन मुकारुङ
कैलाश राई
रवि शर्मा
बसन्त बलामी
जर्नी व्हिदीन
शिव प्रकाश
संगम किराँती
सुरथ गिरी
एकल
बेदनाथ पुलामी
दियालो
शीर्षक
बिस्वास पराजुली
चामलिंग
गुल्मी
अन्जली
संगम
मानुषी गायब
बिचार
डी दस जी
ध्रुब पन्थी
र अन्त्यमा बिना बिभागीय मन्त्री
मिलन लम्साल

र यो पनि,
उपयोगी सरकारी ठेगानाहरु

मन्त्रिपरिषदको कार्यालय

नागरिक समाज

-------------------------------------------------------------------------

ध्यानाकर्षण :
- सत्ता र मन्त्रालयको बाँडफाँडको बिषय धेरैलाई चित्त नबुझ्ने कुरा नेपालको गौरबमय राजनीतिक ईतिहाँस
मध्ये एक हो | अनि ब्लगमा राजनीति छिरे पछी यहाँ पनि त्यसो हुनु स्वाभाविक नै हो | त्यसैले आफ्नो भागमा कुनै मन्त्रालय नै नपरे, कमजोर मन्त्रालय परे, परेको मन्त्रालयमा चित्त नबुझे, अरुले पाएको मन्त्रालयमा आरिस जागे, अनि आफुले पाएको मन्त्रालय नि नलिई "स्वच्छ छबी"को ब्लगर बन्ने मन भए दाबी-बिरोधको लागि यो पोष्ट संगै कमेन्ट बक्स उपलब्ध छ |

गिरिजा (बाबु)

Monday, March 22, 2010
उहिले म गिरिजा (बाबु) को घरको ५०० मिटर भित्रै बस्थें | अर्थात् कोशी अंचल अस्पताल छेउ छाउ | गिरिजा बाबु  जब आफ्नो घर आउंथे मान्छेको थप भिंड जम्मा हुन्थ्यो | आधी घण्टा अगाढी देखि नै पुलिसले बाटो क्लियर गर्थे | शंकास्पद गतिबिधिको चेक जाँच गरिन्थ्यो | उतिबेला म गोजीमा कहिल्यै रुमाल छुटाउँदिन थें | यसो बाटो तिर निस्किदा पुलिसले कति पटक मेरो गोजी भुक्क देखेर चेक गरेका छन् ... कतै गोजीमा बमै पो राखेको छ कि भनेर | तर मैले गोजीमा बम राखेर गिरिजा बाबुलाई उडाउने कहिल्यै सोचिन | उनि छेउछाउका अरु झैं मेरा लागि पनि अग्ला मानिस थिए |




गिरिजा साना मान्छे थिएनन् | थुप्रै पटक देशको प्रधानमन्त्री भैसकेका थिए | देशको ठुला मध्ये पनि ठुला नेतामा पर्थे | उनको घरको छेउछाउ बारै काल त्यसै पनि चहल पहल हुन्थ्यो | जो जसले आवाज निकाल्थे उहाँकै नाम हुन्थ्यो | तर जसले कुरा गर्दा नि उहाँलाई "गिरिजा बाबु" कै नामले सम्बोधन गर्थे | 

मैले बुझे सम्म हामी बच्चालाई बाबु भन्थ्यौं | उनि बाबु भनिनु पर्ने जत्तिका साना मान्छे थिएनन् | 

जसलाई अंग्रेजीमा फादर भन्छन त्यसलाई नामको पछाडी बाबु जोडेर हामी कहिल्यै बोलाउँदैन थ्यौं | कित बुवा, कित बाबा वा कित बाबु मात्र भन्थ्यौं | राम बाबु, हरि बाबुलाई त्यो अर्थमा हामीले कहिल्यै प्रयोग गरेनौं |

कहिले कहीं साना वा ठिकैका मान्छेलाई नि कोहि कोहि बाबु भन्ने गर्थे | तर गिरिजा बाबु एकमात्र यस्ता थिए जसलाई सबै उमेरकाले बाबु भन्थे | 

बिराटनगरमा म दीदी संग बस्थें | यो बिषयमा ऊ संग मेरो दह्रो छलफल हुन्थ्यो  | सबैले भन्थे गिरिजा बाबु  त्यसैले हामी पनि गिरिजा बाबु नै भन्थ्यौं |

अर्थै खोतल्दा भने गिरिजा उहाँको नाम थियो त्यसैले त्यो प्रयोग गरिनु अर्थपूर्ण थियो |  तर उहाँलाई "गिरिजा बाबु" नै किन भनिन्थ्यो त्यो उसले कहिल्यै पत्ता लगाउन सकिन | मैले पनि सकिन | 

--------

त्यसको दुई दसक अघि जब म जन्मिदै थिएँ गिरिजा बाबु साथि भट्टराई संगै हाम्रो घर मा नि आएका थिए रे | तर मैले थाहा पाए सम्म मैले गिरिजा बाबुलाई कहिल्यै भेटिन | देखें मात्र |  मेरो बुवा गिरिजा बाबुलाई उति खेर खुब मान्थे | अहिले गिरिजा बाबु नि रहेनन् .. मेरा बाबु नि रहेनन् |

सबै लाई थाहा छ ... गिरिजा बाबु ले जति गर्नु पर्थ्यो त्यति गरेनन ...उनि साथ साथै अरु कसैले पनि गरेनन् |

यो पनि सत्य हो ... गिरिजा बाबुले प्रजातन्त्रको लागि जति गरे ... त्यति अरु कसैले पनि गरेनन् |

ती अग्ला नेता गिरिजा बाबुलाई मेरो हार्दिक श्रद्दान्जली |

तपाईं किन कमेन्ट गर्नु हुन्न मलाई थाहा छ

Thursday, March 11, 2010
१. झुर टाँसो
आज तपाईंलाई "टिप्पी" हान्ने खुब मन छ | तपाईं ब्लग लिंकमा क्लिक गर्दै घुमी रहनु भएको छ | तर एउटा यस्तो टाँसो आयो कि पहिलो प्याराले नै तपाईंको पुरै मुड खराब बनायो... हेत्तरिका कस्तो पोष्टमा क्लिक गरेछु .... तपाईंलाई थकथकि लाग्छ ... तपाईं टिप्पी त के फुल साईट नि हान्नु हुन्न |

२. बरिष्ट टाँसो
तपाईंलाई कुनै कुनै ब्लगर बिशेषका टाँसो यति बरिष्ठ लाग्छ कि तपाईं हम्मेसी बुझ्नु हुन्न | तपाईंले ध्यान दिएर दुई पटक पढिसक्नु भो | तर तपाईं आफैं लाई शंका छ... बुझें कि बुझिन | त्यत्तिकै प्याच्च कमेन्ट गर्नु नि भएन... होस् बरु अर्को पटक मज्जाले पढेर कमेन्ट लेख्छु | अनि कमेन्ट खुस्कियो |

३. पुराना कमेन्ट
कुनै पोष्टमा तपाईंले देख्नु भो कमेन्टको लाम लागेको छ | तर सब उस्तै "वाह" "अति सुन्दर" "गज्जबको टाँसो" "बबाल" "राम्रो छ" "चमक चमक".... तपाईंलाई कागको बथानमा कागै बन्ने मन छैन... अनि तपाईंलाई कुनै त्यस्तो शब्द नि फुर्दैन जो अरु भन्दा भिन्न होस्.... अनि पोष्ट संग अलि अलि मिल्ने पनि होस्.... तपाईंलाई टिप्पी हान्ने मनै मरेर आउँछ |

४. प्रतिस्पर्धी ब्लगर
तपाईं भ्रममा हुनुहुन्छ कि कुनै ब्लगर संग तपाईंको कडा टक्कर छ | तैपनि आपसी सद्भावको लागि तपाईं टिप्पी हान्ने गर्नु हुन्थ्यो | तर तपाईंको अस्तिको पोष्टमा उसले टिप्पी हानेन | तपाईंले भर्खर पनि कमेन्ट बक्स रिफ्रेस गर्नु भएकै हो | अहँ छाँट काँट छैन ... | त्यो मुलाकोमा तपाईं मात्रै किन कमेन्ट गर्नु ...? 

५. कनिस्ठ ब्लगर
तपाईं आफु यति बरिष्ठ हुनुहुन्छ कि चानचुन काम तपाईं गर्दै गर्नु हुन्न | कुनै जुनियर केटोले खतरा टाँसो लेखेको छ | तर तपाईंलाई आफ्नो रिपुटेसनको चिन्ता छ | तपाईं जो सुकैकोमा कमेन्ट गर्ने चानचुने ब्लगर हुँदै होइन | यसमा कमेन्ट गर्नु किन ?

६. पोजिसन
तपाईं अहिले यस्तो पोजिसनमा बसेर कम्प्युटर हेरी राख्नु भएको छ कि ... माउस देखि बाहेक किबोर्ड सिबोर्ड चलाउने तपाईंलाई जाँगरै छैन | अनि त सुद्द पढ्ने र मन मनै बिचार गर्ने मात्र काम हो | कमेन्ट ? ह्या ....

७. आक्रामक टाँसो
कुनै टाँसो यति आक्रामक छ कि ... तपाईं अलिक चाँडो आएर मात्रै नत्र अरु कमेन्टेटरको फाईट पक्का देख्नु हुन्थ्यो | अनि तपाईंमा सुरु मै तलमाथि लेखेर आगोमा हाम्फाल्ने आँट पनि छैन | बरु होस् ... दुई चार दिन अरुको फाईट हेरौंला ... अनि जता तिर अलिक सुरक्षित हुन्छ त्यतै लागौंला |

-----------------------
उहिले एउटा हिन्दी ब्लगमा यस्तै खाले पोष्ट पढेको थिएँ | अहिले जति खोजे नि मर्दा भेटिएन | नत्र त पोष्ट अझ लामो पार्न र श्रोत देखाउन खुराक मिल्थ्यो होला | सरि है |